All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #10
December 25, 2025

कालियाबारका कल्याण निरोलाको राष्ट्रिय शिविरमा छनोट, क्षेत्रको गौरव बढ्यो

📅 December 25, 2025
✍️ AAGSU
🕒 12:07 AM

कालियाबार, डिसेम्बर24 : कालियाबार महाविद्यालयका ५ औँ सेमिस्टरका विद्यार्थी तथा अखिल असम गोर्खा छात्र संघ (आग्सु) कालियाबार महाविद्यालय इकाइका मूल-सचिव एनसीसी केडेट कल्याण निरोला राष्ट्रिय स्तरको पेरासेलिङ्ग राष्ट्रिय शिविरका लागि छनोट भएका छन्। जोरहाटमा आयोजना हुने उक्त प्रतिष्ठित राष्ट्रिय शिविरका लागि उनको छनोटले कालियाबार मात्र नभई सम्पूर्ण क्षेत्रको मान–सम्मान बढाएको छ।
एनसीसी केडेट कल्याण निरोला (Reg No: AS2023SDDA010558) ले अनुशासन, समर्पण र कठोर परिश्रमका माध्यमबाट यो महत्वपूर्ण उपलब्धि हासिल गरेका हुन्। एनसीसी अन्तर्गत नियमित तालिम, शारीरिक अभ्यास, नेतृत्व क्षमता र साहसिक गतिविधिमा सक्रिय सहभागिताका कारण उनी पेरासेलिङ्ग जस्तो चुनौतीपूर्ण राष्ट्रिय शिविरका लागि योग्य ठहरिएका हुन्। राष्ट्रिय स्तरको शिविरमा सहभागी हुने अवसर प्राप्त गर्नु कुनै पनि विद्यार्थीका लागि ठूलो उपलब्धि मानिन्छ, जसले भविष्यमा थप अवसर र सम्भावनाका ढोका खोल्ने विश्वास गरिएको छ।
कल्याण निरोला हाल कालियाबार महाविद्यालयमा अध्ययनरत हुनुका साथै सामाजिक तथा छात्र आन्दोलनमा पनि सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। आग्सु कालियाबार महाविद्यालय ईकाइको मूल-सचिव को हैसियतले उनले विद्यार्थी हित, शैक्षिक अधिकार र सामाजिक सचेतनाका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। अध्ययन, संगठनात्मक जिम्मेवारी र एनसीसी तालिमलाई सन्तुलनमा राख्दै अघि बढ्नु आफैंमा उदाहरणीय कार्य हो भन्ने स्थानीय बुद्धिजीवीहरूको धारणा छ।
उनको यस सफलताप्रति महाविद्यालय प्रशासन, एनसीसी अधिकारीहरू, आग्सुका पदाधिकारी, विद्यार्थी साथीहरू तथा स्थानीय समाजले खुशी व्यक्त गरेका छन्। सबैले कल्याण निरोलाको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि यस्तै सफलताहरू हासिल गर्न प्रेरणा दिएका छन्। राष्ट्रिय शिविरमा सहभागी भई उनले हासिल गर्ने अनुभव र सीपले भविष्यमा समाज र राष्ट्र निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
कल्याण निरोलाको यस उपलब्धिले कालियाबार क्षेत्रका अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा दिएको छ। अनुशासन, मेहनत र लक्ष्यप्रति प्रतिबद्धता भएमा ग्रामीण क्षेत्रका विद्यार्थीहरूले पनि राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश उनको सफलताले दिएको छ। अन्त्यमा, एनसीसी केडेट कल्याण निरोलालाई पेरासेलिङ्ग राष्ट्रिय शिविरका लागि छनोट भएकोमा हार्दिक बधाई तथा सफल र उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गरिएको छ।

प्रतिवेदन: अर्पण कौशिक- मूख्य उपदेष्टा, कलियाबर महाविद्यालय इकाइ (आग्सु)

📤 Share this story
Scroll to Top