All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #33
June 4, 2026

स्वर्गीय मणिकुमार सुब्बाको आठौं स्मृति दिवसमा आग्सु खौराङ आञ्चलिक समितिद्वारा श्रद्धाञ्जली अर्पण

📅 June 4, 2026
✍️ AAGSU
🕒 12:06 AM

खौराङ, २७ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) खौराङ आञ्चलिक समितिको आयोजनामा स्वर्गीय मणिकुमार सुब्बाज्यूको आठौं मृत्यु वार्षिकीको अवसरमा भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। खौराङ आञ्चलिक समितिको कार्यालयमा आयोजित उक्त कार्यक्रममा स्वर्गीय सुब्बाज्यूको योगदान तथा स्मृतिलाई सम्मानपूर्वक सम्झँदै श्रद्धासुमन अर्पण गरिएको थियो।

कार्यक्रमको प्रारम्भ स्वर्गीय मणिकुमार सुब्बाज्यूको तस्बिरमा दीप प्रज्वलन, माल्यार्पण तथा पुष्प अर्पणमार्फत गरिएको थियो। खौराङ आञ्चलिक समितिका सभापति श्री बिर बहादुर छेत्रीले दीप प्रज्वलन गरी स्वर्गीय सुब्बाज्यूको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उहाँले स्वर्गीय सुब्बाज्यूले समाज तथा गोर्खा समुदायको उत्थानका लागि पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै उहाँका आदर्श र विचारले आज पनि नयाँ पुस्तालाई प्रेरणा प्रदान गरिरहेको बताउनुभयो।

कार्यक्रममा उपस्थित आग्सु खौराङ आञ्चलिक समितिका मूल–सचिव श्री अभिषेक महन्त, सचिव श्री नारायण दाहाल, शिक्षा सचिव श्री सन्तोष शर्मा तथा कार्यकारी सदस्य श्री भूवन छेत्रीले समेत स्वर्गीय मणिकुमार सुब्बाज्यूको तस्बिरमा फूल अर्पण गरी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। उपस्थित पदाधिकारीहरूले स्वर्गीय सुब्बाज्यूको व्यक्तित्व, समाजप्रतिको समर्पण तथा उहाँले देखाउनुभएको मार्गदर्शनलाई स्मरण गर्दै उहाँप्रति कृतज्ञता प्रकट गरेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा वक्ताहरूले स्वर्गीय मणिकुमार सुब्बाज्यूको निधनले गोर्खा समाजले एक समर्पित तथा प्रेरणादायी व्यक्तित्व गुमाएको उल्लेख गर्दै उहाँका आदर्श, संघर्ष र सेवाभावलाई आगामी पुस्तासम्म पुर्‍याउनु आवश्यक रहेको धारणा व्यक्त गरे। कार्यक्रममा सहभागी सबैले एक मिनेट मौनधारण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।

आग्सु खौराङ आञ्चलिक समितिले प्रत्येक वर्ष स्वर्गीय मणिकुमार सुब्बाज्यूको स्मृति दिवसलाई सम्मानपूर्वक मनाउँदै आएको उल्लेख गर्दै उहाँको योगदानलाई सधैं स्मरण गरिने जनाएको छ। श्रद्धा, सम्मान र भावनात्मक वातावरणमा सम्पन्न उक्त कार्यक्रमले उपस्थित सबैलाई स्वर्गीय सुब्बाज्यूको जीवनबाट प्रेरणा लिनुपर्ने सन्देश दिएको थियो।

प्रतिवेदक: नारायण छेत्री- सचिव, खौराङ आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top