All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #12
January 8, 2026

कोक्राझार जिल्ला समिति (आग्सु) को प्रतिनिधि सभा मार्फत नया जिल्ला समिति निर्विरोध गठन ।

📅 January 8, 2026
✍️ AAGSU
🕒 12:04 AM

कोक्राझार, ३ जनवरी २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को कोक्राझार जिल्ला समितिको १९ औं द्वि–वार्षिक अधिवेशनको पोहिलो दिनका कार्यक्रम हरु कोक्राझार जिल्लाको ऐतिहासिक क्षेत्र उल्टापानी–लावण्यपुर प्राथमिक विद्यालय खेल मैदानमा गरिमामय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। जिल्लाभरिका आञ्चलिक समितिहरू, प्रतिनिधिहरू, युवा कार्यकर्ताहरू तथा केन्द्रिय समिति आग्सुको पर्यवेक्षक मण्डलीको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप ऐतिहासिक र अर्थपूर्ण बनाएको थियो।
३ जनवरी २०२६, शनिवारका दिन बिहान सामूहिक सरसफाइ कार्यक्रम सम्पन्न गरेपछि झण्डोत्तोलन तथा सहिद स्मृति तर्पणसहित पहिलो दिनको औपचारिक कार्यक्रम सुरु गरिएको थियो। जिल्ला समिति अन्तर्गतका सम्पूर्ण आञ्चलिक समितिहरूको सहभागितामा जम्मा आठवटा झण्डा झण्डोत्तोलन गरिनु कार्यक्रमको विशेष आकर्षण बनेको थियो। मुख्य झण्डोत्तोलन कोक्राझार जिल्ला समिति आग्सुका सभापति मुकुन्द भट्टराईले गर्नुभएको थियो। यसैक्रममा क्रमशः पाटगाउँ आञ्चलिक समितिका सभापति राज तामाङ, कोक्राझार आञ्चलिक समितिका सभापति गणेश शर्मा, सरलपारा आञ्चलिक समितिका सभापति कृष्ण छेत्री, उल्टापानी जीवन ज्योति आञ्चलिक समितिका सभापति सुमन तामाङ, पर्वतझोरा आञ्चलिक समितिका सभापति राजकुमार कटुवाल, अठीयाबारी आञ्चलिक समितिका सभापति पवन सुवेदी तथा सुनकोस आञ्चलिक समितिका सभापति सुरज दाहालले झण्डोत्तोलन गर्नुभएको थियो।
पहिलो दिनको तेस्रो कार्यक्रम सहिद वेदीमा श्वहीद प्रति श्रद्धाञ्जली अर्पण गर्ने तर्पण कार्यक्रम रहेको थियो। उक्त कार्यक्रममा कोक्राझार जिल्ला समिति आग्सुका मूल–सचिव सेबाष्टिन रत्नेले मुख्य तर्पकको रूपमा जातिको निम्ति आत्माहुति दिने ज्ञात-आज्ञात बीर श्वहीद हरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्दै गोर्खा समुदायको पहिचान, अधिकार र भविष्यका लागि सर्वोच्च वलिदान सधैं स्मरणीय रहने धारणा व्यक्त गर्नुभएको थियो।
त्यसपछि सम्पन्न युवा सङ्गोष्ठी कार्यक्रमले सम्पूर्ण अधिवेशनलाई वैचारिक उचाइ प्रदान गरेको थियो। बीटीसी क्षेत्रिय समिति आग्सु शिक्षा सचिव शंकर राई द्वार उद्घाटन भएको यस युवा सङ्गोष्ठी मा सुदूर पश्चिम बङ्गालको दार्जीलिङबाट गोर्खा एक्टिभिष्ट समूहका मुख्य संयोजक किशोर प्रधान उक्त सङ्गोष्ठीका मुख्य वक्ताको रूपमा उपस्थित रहनु भएको थियो। उहाँले युवाहरूलाई लक्षित गर्दै आफ्नो सारगर्भित वक्तव्यमार्फत पहिचानको आन्दोलन, सामाजिक चेतना, संगठनात्मक जिम्मेवारी र भविष्यको रणनीतिबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै युवाहरूलाई प्रेरित गर्नुभएको थियो। सोही कार्यक्रममा केन्द्रिय समिति आग्सुका शिक्षा सलाहकार रोशन गुरुङले पनि युवा पुस्तामा संगठनात्मक संरचना, शैक्षिक सचेतना तथा सामाजिक विवेचनाको महत्वबारे विस्तृत रूपमा आफ्नो विचार राख्दै युवाहरूलाई सक्रिय र जिम्मेवार बन्न आह्वान गर्नुभएको थियो। कार्यक्रममा गोर्खाल्याण्ड एक्टिभिष्ट समूहका सह–संयोजक बिक्रम छेत्री, अभियन्ताहरू श्री जोकमान थापा, श्री देवप्रसाद प्रधान तथा श्री आदर्श मंगरको समेत उपस्थिति रहेको थियो। जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिहरूबाट करिब २०० भन्दा बढी युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप सफल बनाएको थियो।
पहिलो दिनको पाँचौं तथा मुख्य कार्यक्रमको रूपमा कोक्राझार जिल्ला समिति आग्सुको १९ औं द्वि–वार्षिक अधिवेशनको प्रतिनिधि सभा सम्पन्न भएको थियो। उक्त प्रतिनिधि सभाको सभापतित्व प्राक्तन सभापति मुकुन्द भट्टराईले गर्नुभएको थियो भने सभाको उद्घाटनप्रतिनिधि सभा उद्घाटन आग्सु केन्द्रिय स्वास्थ सचिव अमृत खड्का द्वारा सुसंपन्न हुन्छ । प्रतिनिधि सभामा जिल्ला समितिका मूल–सचिव सेबाष्टिन रत्नेले आफ्नो दुई वर्षे कार्यकालको सम्पूर्ण लेखा–जोखा, संगठनात्मक गतिविधि तथा जिल्ला समितिको समग्र कार्यविवरण समेटिएको २७ पृष्ठको विस्तृत प्रतिवेदन केन्द्रिय समिति आग्सुबाट खटिनु भएको पर्यवेक्षक मण्डली तथा उपस्थित प्रतिनिधिहरू समक्ष प्रस्तुत गर्नुभएको थियो। विस्तृत छलफल पश्चात् उक्त प्रतिवेदन प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेपछि कोक्राझार जिल्ला समिति आग्सुको पुरानो समिति औपचारिक रूपमा भङ्ग गरिएको घोषणा गरियो।


प्रतिनिधि सभाले निर्विरोध तथा सर्वसम्मत निर्णयमार्फत १९ औं कार्यकालका लागि नयाँ जिल्ला समिति चयन गरेको छ। यसअनुसार आइता घिसिङलाई सभापति र सेबाष्टिन रत्ने लाई मूल–सचिवको रूपमा चयन गर्दै २७ सदस्यीय दर्विलो कोक्राझार जिल्ला समिति गठन गरिएको छ। प्रतिनिधि सभामा केन्द्रिय समिति आग्सुको तर्फबाट उप–सभापति सञ्जीव चौहान, सांगठनिक सचिव दुर्गा बस्नेत, सूचना एवं प्रविधि सचिव किरण खर्का , स्वयंसेवक दस्ता प्रमुख त्रिलोचन भट्टराई तथा बीटीसी क्षेत्रीय समितिको पक्षबाट सांगठनिक सचिव अमल कार्की पर्यवेक्षकको रूपमा उपस्थित रहनुभएको थियो।
नव–निर्वाचित कोक्राझार जिल्ला समिति आग्सुमा सभापति आइता घिसिङ, मूल–सचिव सेबाष्टिन रत्ने, उप–सभानेत्री ईन्दु थापा, उप–सभापतिहरू प्रकाश बूढाथोकी, राज तामाङ, निरज छेत्री र चन्द्रबहादुर मगर चयन भएका छन्। सचिवहरूमा गर्जमान घले, हेमन पोख्रेल, भुवन पौडेल, पवन सुवेदी र विदिशा गुरुङ रहेका छन्। सांगठनिक सचिवमा रामबहादुर लिम्बु, पुष्पराज नेवार र अंकुर सुवेदी चयन भएका छन् भने प्रचार सचिव राजेन छेत्री, सांस्कृतिक सचिव लीला थापा, स्वयंसेवक प्रमुख डिकबहादुर नेवार, स्वास्थ्य सचिव सुजन बराल, कोषाध्यक्ष राजु बास्तोला, साहित्य सचिव सुमन तामाङ, शिक्षा सचिव कैलाश छेत्री, सह–शिक्षा सचिव युवराज छेत्री तथा सदस्यमा सीमा दाहाल चयन हुनु भएको छ।
प्रतिनिधि सभाको सफल सम्पन्नताले कोक्राझार जिल्लामा आग्सुको संगठनात्मक संरचना थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। नव–निर्वाचित समितिले गोर्खा विद्यार्थी तथा समुदायका हक–अधिकार, पहिचान र समग्र विकासका लागि अझ सक्रिय, अनुशासित र जिम्मेवार ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिवेदन: भुवन पौडेल-सचिव, कोक्राझार जिल्ला समिति (आग्सु)

📤 Share this story
Scroll to Top