All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #15
January 29, 2026

अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिको बर्धित कार्यकारिणी सभा सम्पन्न

📅 January 29, 2026
✍️ AAGSU
🕒 12:05 AM

कोक्राझार, २७ जनवरी: आज अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिको बर्धित कार्यकारिणी सभा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त सभा जिल्ला आग्सु कार्यालय, गोर्खा भवन कोक्राझारमा सम्पन्न भएको हो। सभापति आइता घिसिङ ज्यूको सभापतित्वमा आयोजित यस सभाको सञ्चालन मूल सचिव सेबाष्टिन रत्ने ज्यूले गर्नुभएको थियो। सभामा केन्द्रिय समिति आग्सुका स्वस्थ सचिव अमृत खड्का ज्यू, बी टी सी क्षेत्रीय समितिका कार्यालय सचिव किरण पौडेल ज्यू लगायत कोक्राझार जिल्ला समितिका सम्पूर्ण पदाधिकारीहरू तथा कोक्राझार जिल्ला अन्तर्गतका सबै आञ्चलिक समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभाको प्रारम्भमा संगठनको उद्देश्य, वर्तमान अवस्था तथा आगामी दिनमा चाल्नुपर्ने रणनीतिहरूबारे संक्षिप्त प्रकाश पारिएको थियो। त्यसपछि नवगठित कोक्राझार जिल्ला समितिको शपथ ग्रहण समारोह आयोजना गरिएको थियो। यस अवसरमा अघिल्लो शपथ ग्रहण कार्यक्रममा उपस्थित हुन नसकेका रहल पदाधिकारीहरूको पनि औपचारिक रूपमा शपथ ग्रहण सम्पन्न गराइएको जानकारी दिइयो। यसले जिल्ला समितिलाई अझ व्यवस्थित र जिम्मेवार ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरियो।
सभामा संगठनात्मक सुदृढीकरणका लागि केही महत्वपूर्ण निर्णयहरू समेत लिइएका छन्। पाटगाउँ आञ्चलिक समिति आग्सुकी सांस्कृतिक सचिव पूजा सुवेदीलाई सर्वसम्मतिले कोक्राझार जिल्ला समिति आग्सुको सह–सांस्कृतिक सचिवको जिम्मेवारी प्रदान गरिएको छ। त्यसैगरी सरलपारा आञ्चलिक समितिका प्राक्तन मूल सचिव बुद्ध लामा लाई जिल्ला समितिको सांगठनिक सचिवको दायित्व सुम्पिएको छ। कोक्राझार आञ्चलिक समितिबाट प्रभाकर सुवेदीलाई कार्यालय सचिव, अभिनाश छेत्रीलाई प्रचार सचिवको रूपमा जिम्मेवारी दिइएको छ। साथै जिल्ला समितिका प्रचार सचिव राजेन क्षेत्रीलाई पद परिवर्तन गर्दै स्वस्थ सचिवको रूपमा नयाँ दायित्व प्रदान गरिएको निर्णय सभाबाट पारित भएको छ।
यसै अवसरमा अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिले संगठनप्रति दीर्घकालीन योगदान पुर्‍याउनु भएका प्राक्तन सभापति श्रीमान् मुकुन्द भट्टराई ज्यूलाई आधिकारिक रूपमा मुख्य उपदेष्ठाको मूल दायित्व प्रदान गरेको छ। उहाँको अनुभव, मार्गदर्शन र नेतृत्वले आगामी दिनमा संगठनलाई अझ मजबुत बनाउने विश्वास सभामा व्यक्त गरिएको थियो।
सभाको अन्तिम चरणमा कोक्राझार जिल्ला समितिको भविष्य कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। विद्यार्थी हित, सामाजिक उत्तरदायित्व, संगठन विस्तार तथा अनुशासन कायम गर्ने विषयमा सहभागीहरूले आ–आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए। संगठनलाई अझ सशक्त, क्रियाशील र जनमुखी बनाउने प्रतिबद्धतासहित सभा सकारात्मक वातावरणमा सम्पन्न भएको जानकारी जिल्ला समितिले दिएको
प्रतिवेदक: भुवन पौडेल- सचिव (IT Incharge) कोक्राझार जिला समिति (आग्सु)।

📤 Share this story
Scroll to Top