All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #24
April 2, 2026

कोक्राझार जिल्ला समितिको बर्धित कार्यकारीणी सभा सम्पन्न

📅 April 2, 2026
✍️ AAGSU
🕒 12:05 AM

कोक्राझार , २९ मार्च २०२६:-अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिको बर्धित कार्यकारीणी सभा कोक्राझार जिल्ला अन्तर्गत बीसमुरी जयपुर प्राथमिक विद्यालयको प्राङ्गणमा सफलता पूर्वक सम्पन्न हुन्छ।
आग्सु कोक्राझार जिल्ला समितिका सभापति आइता घिसिङको अध्यक्षतामा सम्पन्न भएको उक्त बर्धित कार्यकारीणी सभाको उद्देश्य व्याख्या गर्नु हुन्छ कोक्राझार जिल्ला आग्सुका मूल सचिव सेबास्टियन रत्नेले ।उक्त सभामा कोक्राझार जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिका पदाधिकारी, कोक्राझार जिल्ला बाट केन्द्रीय समितिलाई प्रतिनिधित्व गर्ने नेतृत्व,BTC क्षेत्रिय समितिक नेतृत्व लगायत विभिन्न शाखा, जिल्ला समितिका कर्मकर्ताको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको उक्त सभामा गोर्खाली जनसमुदाय सँग सम्बन्धित धेरै विषयहरुमा गम्भीर रूपमा छल फल गर्दै संगठनलाई कसरी शशक्त बनाउने, शैक्षिक गतिविधिलाई बढावा दिएर संगठनलाई विद्यार्थी केन्द्रित बनाउने आदि विषयमा पनि गम्भीर छल फल गर्दै जिल्ला समितिको भविष्य रणनीतिको विषयमा पनि गम्भीर र सकारात्मक छल फल हुन्छ।
सभामा विशेष रूपमा आगामी दिनमा शिक्षा लाई विशेष ध्यान दिएर अघि बढ्ने विषयमा छल फल गर्दै कक्षा 10 का विद्यार्थीहरूलाई आगामी परीक्षामा कसरी तयारी गर्ने विषयमा पनि गम्भीर छल फल गर्दै जिल्ला पर्यायको एउटा निःशुल्क coaching गर्ने आदिमा प्रस्ताव पारित गर्दै शिक्षा सचिवको कैलाश छेत्रीको नेतृत्वमा एउटा शैक्षिक गतिविधिलाई निरन्तरता दिएर उप समिति पनि गठन गरेको छ । उक्त टोलीमा उप सभापति राज तामाङ्ग र सचिव पवन सुवेदीलाई शिक्षाको विशेष दायित्व प्रदान गरेको छ।
साथै अरु पनि महत्त्वपूर्ण क्षेत्र सांस्कृतिक,खेलकुद,साहित्य आदिमा पनि उप समिति गठन गरी आगामी दिनमा विद्यार्थी तथा युवाहरुको सर्वाङ्गीण विकासमा निरन्तर कार्य गर्ने विषयमा गहन चर्चा हुन्छ।
कार्यक्रमको निष्कर्षमा, समाजलाई शैक्षिक तथा आर्थिक रूपमा सुदृढ बनाउनुको साथ साथै विद्यार्थी तथा युवा हरुलाई प्रत्येक क्षेत्रमा अब्बल बनाउन कसरी कार्यनिरन्तरता राख्ने विषयमा गहन चर्चा र जिल्ला समिति प्रतिबद्धता रहेको जानकारी गराएका छन् ।
प्रतिवेदक:- भुवन पौडेल,सचिव (IT Incharge) ,कोक्राझार जिल्ला समिति।

📤 Share this story
Scroll to Top