All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #44
August 20, 2026

अखिल असम गोर्खा छात्र संघ माकुम आञ्चलिक समितिद्वारा स्वतन्त्रता दिवस पालन

📅 August 20, 2026
✍️ AAGSU
🕒 12:06 AM

माकुम, १५ अगस्टः ८०औँ भारतीय स्वतन्त्रता दिवसको अवसरमा अखिल असम गोर्खा छात्र संघ (AAGSU) माकुम आञ्चलिक समितिले आफ्नो कार्यालय परिसरमा राष्ट्रिय झण्डा उत्तोलन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा समितिका पदाधिकारी,जिला समिति का सांगठनिक सचिव जतन प्रधान नारी परिषद सुन्दर नगर शाखा समिति तथा स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय झण्डा उत्तोलनपछि राष्ट्रगान गाइएको थियो भने देशका वीर शहीदहरूको स्मरण गर्दै उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले स्वतन्त्रताको महत्वबारे प्रकाश पार्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव तथा युवाहरूको जिम्मेवारीका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए।
अन्त्यमा सबै सहभागीहरूले देशको प्रगति, शान्ति र समृद्धिको कामना गरेका थिए।

प्रतिवेदन : मिलन अधिकारी, सभापति माकुम आञ्चलिक समिति

📤 Share this story
Scroll to Top