
माजबाट, १७ मे २०२६: आज अखिल असम गोर्खा छात्र संघ (आग्सु), ओदालगुडी जिल्ला समितिका सभापति श्री राम छेत्रीकाे नेतृत्वमा एक प्रतिनिधिमूलक टोलीले धनश्रीघाटमा आयोजित केबिनेट मन्त्री श्री चरण बोडोको धन्यवाद ज्ञापन तथा विजय उत्सव कार्यक्रममा सहभागिता जनाएको छ। उक्त अनुष्ठानमा ४७ नं माजवाट विधानसभा क्षेत्रका सम्माननीय विधायक तथा असम सरकारका केबिनेट मन्त्री श्री चरण बोडो ज्यूलाई आग्सु ओदालगुडी जिल्ला समितिको तर्फबाट अभिनन्दन तथा शुभकामना ज्ञापन गरिएको थियो।
धनश्रीघाटमा आयोजित उक्त कार्यक्रम उत्साह, उल्लास तथा जनसहभागिताले भरिपूर्ण रहेको थियो। कार्यक्रममा विभिन्न सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायले सम्माननीय विधायक तथा नवनियुक्त केबिनेट मन्त्री श्री चरण बोडो ज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा क्षेत्रको समग्र विकासले थप गति प्राप्त गर्ने विश्वास व्यक्त गरेका थिए।
आग्सु ओदालगुडी जिल्ला समितिको टोलीले पनि मन्त्री चरण बोडो ज्यूलाई अभिनन्दन पत्र तथा शुभकामना व्यक्त गर्दै उहाँको नयाँ जिम्मेवारी सफल र प्रभावकारी रहोस् भन्ने कामना गरेको थियो। टोलीले समाजको शैक्षिक, सामाजिक तथा युवामुखी विकासका क्षेत्रमा सरकारबाट थप पहल तथा सहकार्यको अपेक्षा समेत व्यक्त गरेको थियो।
कार्यक्रमका क्रममा विभिन्न वक्ताहरूले मन्त्री चरण बोडो ज्यूको नेतृत्व, जनसेवा तथा विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै उहाँले विगतदेखि नै जनभावना र जनआकांक्षालाई प्राथमिकता दिँदै आएको उल्लेख गरेका थिए। साथै मन्त्रीको रूपमा उहाँको नयाँ भूमिका अझ जिम्मेवार र प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो।
आग्सु ओदालगुडी जिल्ला समितिले विद्यार्थी तथा समाजको हितलाई केन्द्रमा राख्दै विभिन्न सामाजिक तथा सार्वजनिक गतिविधिहरूमा निरन्तर सहभागिता जनाउँदै आएको छ। यस प्रकारका कार्यक्रमहरूमा सहभागिताले संगठन र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा सामूहिक सहकार्यको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रम सुन्दर वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूबीच आपसी शुभकामना आदानप्रदानसँगै समाज र क्षेत्रको सर्वाङ्गीण विकासका विषयमा समेत सकारात्मक विचार विमर्श गरिएको थियो।
प्रतिवेदन: श्री किशोर सिर्पाली, मुल सचिव, आग्सु उदालगुडी जिल्ला समिति।