All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #31
May 21, 2026

असम गोर्खा सम्मेलनको १६औँ कार्यकाल तथा महिला प्रकोष्ठको द्वितीय वर्षपूर्ति समारोहमा आग्सु उदालगुडी जिल्ला समितिको सहभागिता

📅 May 21, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी,१७ मे २०२६: आज अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिका सभापति श्री राम छेत्री ज्यूको नेतृत्वमा एक प्रतिनिधिमूलक टोलीले उदालगुडी नेपाली विद्या मन्दिर प्राङ्गणमा स्थित पेक्षागृहमा आयोजित असम गोर्खा सम्मेलन, उदालगुडी जिल्ला समितिको १६औँ कार्यकाल तथा असम गोर्खा सम्मेलन महिला प्रकोष्ठ (ओजिस) को द्वितीय वर्षपूर्ति अनुष्ठानको आमसभामा अतिथिको रूपमा सहभागि हुन्छ।

उक्त गरिमामय कार्यक्रमको सभापतित्व असम गोर्खा सम्मेलन, उदालगुडी जिल्ला समितिका सम्माननीय सभापति श्री पवन लुईटेल ज्यूले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन मूल सचिव श्री भवेन छेत्री ज्यूले गर्नु भएको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तित्व, सामाजिक नेतृत्व, संगठनका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी हुँदै आग्सु उदालगुडी जिल्ला समितिको तर्फबाट आयोजक संस्थाप्रति हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो। विशेष गरी आग्सु परिवारलाई कार्यक्रममा सम्मानपूर्वक निमन्त्रणा प्रदान गरेकोमा कृतज्ञता व्यक्त गरिएको थियो। साथै असम गोर्खा सम्मेलन उदालगुडी जिल्ला समितिको सफल १६औँ कार्यकाल तथा ओजिसको दोस्रो वर्षपूर्तिको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा संस्थाले समाज, शिक्षा, भाषा, संस्कृति तथा समुदायको समग्र उत्थानका निम्ति अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो।

साथै कार्यक्रममा सामाजिक संगठनहरूबीचको सहकार्य, आपसी सद्भाव र सामूहिक उत्तरदायित्वले समाजलाई अझ सशक्त र एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरिएको थियो। समाजको हित र प्रगतिका लागि सबै पक्षको एकताबद्ध प्रयास आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।

उक्त कार्यक्रम सुन्दर वातावरणमा सफलतापूर्वक सम्पन्न भएको थियो। यस प्रकारका सामाजिक तथा संगठनात्मक कार्यक्रमहरूले विभिन्न संस्थाहरूबीच आपसी सम्बन्ध सुदृढ बनाउनुका साथै समाज निर्माणको अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदन : श्री किशोर सिर्पाली, मुल सचिव, आग्सु, उदालगुडी जिल्ला समिति।

📤 Share this story
Scroll to Top