All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #55
•
November 5, 2026

केन्द्रीय भातृ द्वितीया समारोह–२०२६ सफल बनाउन अशोक कुमार लामाको अध्यक्षतामा स्वागतकारिणी समिति गठन

📅 November 5, 2026
✍️ AAGSU
🕒 12:04 AM

मार्घेरिटा, ०२ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु) को आयोजनामा तथा तिनसुकिया जिल्ला समितिको आतिथ्यमा मार्घेरिटास्थित इन्डिया क्लब खेल मैदानमा आयोजना हुन गइरहेको “केन्द्रीय भातृ द्वितीया (सामूहिक भाइटीका) समारोह–२०२६” लाई भव्य एवं सफलतापूर्वक सम्पन्न गर्ने उद्देश्यले आज तिराप–जागुन आञ्चलिक समितिको कार्यालयमा केन्द्रीय तथा जिल्ला समितिका प्रतिनिधिहरूको संयुक्त सभा सम्पन्न हुन्छ।

सभामा आगामी समारोहको तयारी, व्यवस्थापन तथा कार्यक्रमलाई व्यवस्थित र सफलतापूर्वक सञ्चालन गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो। सभाले समारोहको सफल आयोजनाका लागि अशोक कुमार लामाको अध्यक्षतामा स्वागतकारिणी समिति गठन गरेको छ। समितिको कार्यकारी अध्यक्षको जिम्मेवारी देव गुरुङलाई तथा मूलसचिवको जिम्मेवारी पत्रिका लिम्बुलाई प्रदान गरिएको छ।

आग्सुको केन्द्रीय आयोजनामा तिनसुकिया जिल्ला समितिको आतिथ्यमा हुन लागेको यस समारोहले असमका विभिन्न क्षेत्रबाट आउने गोर्खा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी सद्भाव, भ्रातृत्व, एकता र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सभामा उपस्थित केन्द्रीय तथा जिल्ला समितिका प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै आञ्चलिक, शाखा समिति तथा स्थानीयवासीको सक्रिय सहभागिता र सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, नवगठित स्वागतकारिणी समितिले सबै पक्षसँग समन्वय गर्दै समारोहलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक: सञ्जय छेत्री, शिक्षा सचिव, उदालगुडी जिला समिति।

📤 Share this story
Scroll to Top