All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #36
June 25, 2026

आग्सु चिराङ जिल्ला समितिद्वारा स्वर्गीय सुकमाया तामाङप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारलाई समवेदना ज्ञापन।

📅 June 25, 2026
✍️ AAGSU
🕒 12:06 AM

चिराङ, २४ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) चिराङ जिल्ला समिति अन्तर्गत सुनगाभा आञ्चलिक समितिका मूल सचिव आदरणीय श्री बुद्धिमान लामा ज्युको धर्मपत्नी स्वर्गीय सुकमाया तामाङज्यूको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै आग्सु परिवारले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

यस दुःखद अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) चिराङ जिल्ला समिति, सुनगाभा आञ्चलिक समिति तथा हिमाली आञ्चलिक समितिको संयुक्त प्रतिनिधिमण्डल स्वर्गीय सुकमाया तामाङज्यूको निवासमा पुगेर शोकाकुल परिवारजनसँग भेटघाट गरी दुःखको यस घडीमा संगठन परिवार सदैव साथमा रहेको सन्देश व्यक्त गरेको थियो।

प्रतिनिधिमण्डलले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमन अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको थियो। साथै संयुक्त रूपमा तयार पारिएको समवेदना पत्र परिवारलाई हस्तान्तरण गर्दै यस अपूरणीय क्षतिको पीडामा संगठनको तर्फबाट ऐक्यबद्धता र सहानुभूति व्यक्त गरिएको थियो।

उक्त अवसरमा उपस्थित आग्सुका नेतृत्व तथा सदस्यहरूले स्वर्गीय सुकमाया तामाङज्यूको निधनले परिवार मात्र नभई सम्पूर्ण आफन्तजन तथा शुभेच्छुकहरूलाई गहिरो मर्माहत बनाएको उल्लेख गर्दै उहाँप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरेका थिए। साथै शोकाकुल परिवारलाई धैर्य, साहस र आत्मबलका साथ यस कठिन परिस्थितिको सामना गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना व्यक्त गरिएको थियो।

आग्सु चिराङ जिल्ला समिति, सुनगाभा आञ्चलिक समिति तथा हिमाली आञ्चलिक समितिले दिवंगत आत्माप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै परमपिता परमेश्वरसँग दिवंगत आत्माको चिरशान्ति तथा शोकाकुल परिवारलाई यस अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गरिएको छ।

प्रतिवेदक: श्री नवीन थापा, सभापति, आग्सु सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top