All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #46
September 3, 2026

२१ सदस्यीय पावै बनगाउँ नयाँ शाखा समिति गठन

📅 September 3, 2026
✍️ AAGSU
🕒 12:07 AM

पावै बनगाउँ, ३० अगष्ट २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), केटेटं–पावै बनगाउँ आञ्चलिक समितिको तत्त्वावधानमा पावै बनगाउँ महिला रङ्गमञ्चमा पावै बनगाउँ शाखा समिति गठनसम्बन्धी प्रतिनिधि सभा भव्य रूपमा सम्पन्न भएको छ।

सभामा स्थानीय ज्येष्ठ नागरिक, समाजसेवी, बुद्धिजीवी, युवा तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सभाका क्रममा संगठनलाई स्थानीयस्तरमा अझ सक्रिय, सशक्त र व्यवस्थित बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, विद्यार्थी तथा युवाहरूको हितमा संगठनले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा समेत विचार–विमर्श गरिएको थियो।

प्रतिनिधि सभाबाट २१ सदस्यीय पावै बनगाउँ शाखा कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। नवगठित समितिको सभापतिमा श्री अरमान प्रधान तथा मूल–सचिवमा सुश्री राधिका छेत्री निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित समितिले विद्यार्थी हित, शिक्षा, भाषा तथा संस्कृति संरक्षण, खेलकुद र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। स्थानीय विद्यार्थी तथा युवाहरूलाई संगठित गर्दै उनीहरूको नेतृत्व क्षमता विकास तथा सामाजिक क्षेत्रमा सक्रिय सहभागिता अभिवृद्धि गर्न समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अन्त्यमा आञ्चलिक समितिका पदाधिकारी तथा उपस्थित अतिथिहरूले नवनिर्वाचित सभापति, मूल–सचिवलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई खादा तथा गम्छा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

नयाँ शाखा समितिको गठनसँगै पावै बनगाउँ क्षेत्रमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) का संगठनात्मक गतिविधिले थप गति लिने तथा विद्यार्थी, युवा र समाजसँग सम्बन्धित विभिन्न विषयलाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक : दिपु छेत्री, सचिव, केटेटं–पावै बनगाउँ आञ्चलिक समिति

📤 Share this story
Scroll to Top