All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #28
April 30, 2026

समाजसेवीद्वय हरि छेत्री र नारायण पोख्रेललाई AAGSU पुव शदिया आञ्चलिक समितिद्वारा भव्य संवर्धन

📅 April 30, 2026
✍️ AAGSU
🕒 12:06 AM

सदिया,26 अप्रेल: अखिल असम गोर्खा छात्र संघ (आग्सु), पुव शदिया आञ्चलिक समितिले समाज र संस्थाको विकासमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै दुई विशिष्ट समाजसेवीहरूलाई एक भव्य समारोहका बीच विशेष सम्मान प्रदान गरेको छ। आज सदियाको चुनपुरास्थित बासुदेव भवनमा आयोजित एक विशेष कार्यक्रममा उदयपुर हरि कीर्तन मण्डलीका श्रीमान हरि छेत्री र ३ नतुन बालिजान हरि कीर्तन मण्डलीका श्रीमान नारायण पोख्रेललाई ‘संवर्धना पत्र’ प्रदान गरी सङ्ग्रामी अभिनन्दन गरिएको हो। चुनपुराको बासुदेव भवनको गरिमामय वातावरणमा सम्पन्न यस कार्यक्रमले स्थानीय समाज र विशेष गरी गोर्खा समुदायको सामाजिक तथा सांस्कृतिक उत्थानमा समर्पित व्यक्तित्वहरूको उचित सम्मान गर्ने प्रयास गरेको छ।
लामो समयदेखि आफ्नो क्षेत्रमा सक्रिय रहेर समाजको आध्यात्मिक र सामाजिक विकासमा अहम योगदान पुर्याउने यी दुवै व्यक्तित्वहरूले संघलाई पनि समय-समयमा महत्त्वपूर्ण अभिभावकत्व प्रदान गर्दै आउनुभएको छ। समितिले उल्लेख गरेअनुसार, उहाँहरूले पुर्‍याउनुभएको अमूल्य सहयोग, प्रकट गर्नुभएको अगाध सद्भाव र दिनुभएको निरन्तर साथका कारण संस्थाले धेरै कठिन तथा चुनौतीपूर्ण कार्यहरूलाई अत्यन्तै सहज रूपमा सफल पार्न सकेको हो। उहाँहरूको निस्वार्थ सेवाभाव र सदैव सहयोगका लागि तत्पर रहने व्यक्तित्व समग्र युवापुस्ताका लागि एक ठूलो प्रेरणाको स्रोत र मार्गदर्शक बनेको छ।
उहाँहरूको यही निःस्वार्थ समर्पण र अतुलनीय योगदानको कदरस्वरूप आग्सु पुव शदिया आञ्चलिक समितिका कार्यवाहक सभापति राजेन छेत्री र कार्यवाहक मूल-सचिव पंकज गजुरेलद्वारा हस्ताक्षरित विशेष संवर्धना पत्र प्रदान गरिएको थियो। समारोहमा उपस्थित स्थानीय बुद्धिजीवी तथा समाजसेवीहरूले यस सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको चर्चा गरेका थिए। यस गौरवमय अवसरमा सम्मानित व्यक्तित्वहरूप्रति उच्च श्रद्धा र सम्मान प्रकट गर्दै, आञ्चलिक समितिले उहाँहरूको सुस्वास्थ्य, दीर्घायु तथा आगामी दिनमा अझ बढी प्रगति र सफलताको हार्दिक शुभकामना व्यक्त गरेको छ। यो सम्मान समारोहले एकातिर अग्रजहरूको योगदानलाई उजागर गरेको छ भने अर्कोतिर नयाँ पुस्तालाई पनि समाज र देशका लागि निस्वार्थ भावले काम गर्न थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ भन्ने आशा व्यक गरेका छन आञ्चलिक समितिले।

प्रतिवेदक: राजेन छेत्री- कार्यवाहक सभापति, आग्सु, पुव सदिया आञ्चलिक समिति ।


📤 Share this story
Scroll to Top