
रौता, 26 अप्रेल: आज रौता आञ्चलिक अन्तर्गत फाकिदियास्थित गोदावरी युवा मञ्चको प्राङ्गणमा आयोजित एक भव्य प्रतिनिधि सभामार्फत अखिल असम गोर्खा छात्र संघ (आग्सु), रौता आञ्चलिक समितिको नयाँ कार्यकारिणी समिति सफलतापूर्वक गठन भएको छ। रौता आञ्चलिकका निवर्तमान सभापति राजीव शर्माज्यूको सभापतित्व तथा निवर्तमान मूल सचिव मोहन क्षेत्रीज्यूको सञ्चालनमा उक्त प्रतिनिधि सभा सम्पन्न भएको थियो।
उक्त सभामा उदालगुडी जिल्ला समितिका तर्फबाट पर्यवेक्षकका रूपमा जिल्ला समितिका सचिव लया उपाध्यायज्यूको उपस्थिति रहेका थियो । यसैगरी, जिल्ला समितिका का साङ्गठनिक सचिव पवन खनालज्यू, जिल्ला समितिका प्रचार सचिव तिलक गौतमज्यू, कार्यकारिणी सदस्य मनोज कुमार राउतज्यू, जिल्ला समितिका उपसभापति सञ्जीव खातिवडाज्यू, प्रचार सचिव नव शर्माज्यू र बी.टी.आर. (BTR) क्षेत्रीय समितिका वित्त सचिव मणिराज क्षेत्रीज्यूको विशेष उपस्थिति रहेको थियो। साथै, विभिन्न बुद्धिजीवी, सम्माननीय सदस्यवृन्द, पूर्व छात्रकर्मी, अभिभावकवर्ग तथा आञ्चलिक एवं शाखा समितिका पदाधिकारी र सदस्यहरूको गरिमामय उपस्थितिमा आजको प्रतिनिधि सभा सफलतापूर्वक सम्पन्न भयो।
यस प्रतिनिधि सभाले आगामी कार्यकालका लागि नयाँ आञ्चलिक समिति चयन गरेको छ। नवनिर्वाचित समितिको सभापतिमा विकास पाण्डे र मूल सचिवमा खेम नेवार निर्वाचित हुनुभएको छ। यसैगरी, उपसभापति पदमा मोहन क्षेत्री, शेर बहादुर क्षेत्री र राजेश्वर घिमिरे चयन हुनुभएको छ भने सचिवको जिम्मेवारी पुजन खतिवडा, राजु पराजुली र सन्तोष क्षेत्रीलाई सुम्पिएको छ। समितिको साङ्गठनिक सचिवमा विष्णु ओली र श्याम क्षेत्री, शिक्षा सचिवमा लोचन अधिकारी, प्रचार सचिवमा सेवक शर्मा र मुखपत्र सम्पादकमा भार्गव शर्मा निर्वाचित हुनुभएको छ। यसका साथै, कार्यालय सचिवमा अजय गौतम, स्वयंसेवक प्रमुखमा युवराज सोनारी र खेलकुद सचिवमा रोशन घिमिरे चयन हुनुभएको छ।
अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिले नवनिर्वाचित सभापति विकास पाण्डे, मूल सचिव खेम नेवार लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। नयाँ समितिले गोर्खा विद्यार्थी तथा समुदायको हक, हित र संरक्षणका लागि रौता क्षेत्रमा सशक्त रूपमा कार्य गर्ने विश्वास लिइएको छ।
प्रतिवेदक: मनोज कुमार राउत- कार्यकारिणी सदस्य, उदालगुरी जिल्ला समिति।