
उदालगुडी: १६ मे २०२६: आज आग्सु ओदालगुडी जिल्ला समितिकाे मुख्य कार्यालयमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) बिटिसि क्षेत्रीय समितिको वर्धित कार्यकारिणी सभा सफलतापूर्वक सम्पन्न हुन्छ। क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहालकाे सभापतित्वमा सम्पन्न भएको सभालाई सञ्चालन गर्नु हुन्छ मूल सचिव श्री राजु सुवेदी ज्यूले ।
उक्त सभामा आग्सु केन्द्रीय समितिका सचिव श्री जन चौहान, सांगठनिक सचिवद्वय श्री प्रकाश कोईराला, श्री दुर्गा वस्नेत, प्रचार सचिव श्री सोमराज सोनार, सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, केन्द्रीय स्वास्थ्य सचिव श्री अमृत खड्का लगायत क्षेत्रीय समितिका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै बिटिसि क्षेत्रीय समिति अन्तर्गत पाँचवटा जिल्ला समितिका सभापति, मूल सचिव तथा विभिन्न पदाधिकारीहरूको गरिमामय सहभागिता रहेको थियो।
सभामा संगठनको वर्तमान गतिविधि, सांगठनिक सुदृढीकरण, शैक्षिक क्षेत्रसँग सम्बन्धित विविध विषय, आगामी केन्द्रीय अधिवेशनको तयारी तथा संगठनको भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले संगठनलाई अझ प्रभावकारी, सक्रिय तथा विद्यार्थीमुखी बनाउने विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।
सभाले संगठनको आगामी कार्यदिशालाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षाका साथ विभिन्न महत्वपूर्ण विषयमा आवश्यक निर्णय तथा सुझावहरू समेत पारित गरेको छ। साथै संगठनको उद्देश्य र विद्यार्थी हितलाई केन्द्रमा राखेर आगामी दिनमा अझ सशक्त रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिवेदन : श्री मणिराज छेत्री, वित्त सचिव, आग्सु, बिटिसि क्षेत्रीय समिति।