
रुनिखाता, १६ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुनगाभा आञ्चलिक समिति अन्तर्गत रुनिखाता शाखा समितिद्वारा उच्च तथा उच्चतर माध्यमिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने २७ जना विद्यार्थीलाई विशेष अभिनन्दन गरिएको छ। शाखा समितिको मुख्य कार्यालयमा सम्पन्न उक्त कार्यक्रमले विद्यार्थीहरूको मेहनत, लगनशीलता तथा शैक्षिक सफलताको सम्मान गर्दै थप प्रेरणा प्रदान गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमको सभापतित्व शाखा समितिका सभापति श्री आयुष अधिकारीले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शाखा समितिका मूल सचिव श्री उत्सव शर्माले गर्नु भएको थियो।
उक्त अभिनन्दन समारोहमा मुख्य अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघ, सुनगाभा आञ्चलिक समितिका सभापति श्री नवीन थापा उपस्थित रहनु भएको थियो। त्यसैगरी अनुप्रेरक वक्ताको रूपमा अखिल असम गोर्खा छात्र संघ, बिटिसि क्षेत्रीय समितिका पूर्व मूल सचिव तथा रुनिखाता महाविद्यालयका उपाध्यक्ष श्री हेमन्त शर्मा ज्यूको विशेष उपस्थिति रहेको थियो।
साथै उक्त अनुष्ठानमा आञ्चलिक समितिका शिक्षा सचिव श्री पराग तिम्सिना, क्षेत्रिय समितिका सह सचिव श्री नारायण भट्टराई, प्राक्तन शिक्षक श्री कमलनाथ शर्मा, रुनिखाताका लाटगाउँबुढा श्री हर्क बाहादुर गुरुङ, BTC Gvt. Land Advisory Board का सदस्य श्री मन बाहादुर कार्की, शिक्षक श्री भीम लाल नेपाल, GDC सदस्य श्री बल बाहादुर ठकुरी, रुनिखाता तेन्जिङ क्लबका अध्यक्ष श्री सुनिल रिजाल, सल्लाहकार श्री बिपुल शर्मा काे गरिमामय उपस्थिति रहेको थियो।
वक्ताहरूले विद्यार्थीहरूको सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई समाज र समुदायको गौरव भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि अझ उच्च लक्ष्य निर्धारण गरी निरन्तर मेहनत गर्न आग्रह गर्नुभयो। साथै, शिक्षा नै समाज रूपान्तरणको प्रमुख आधार भएको विचार व्यक्त गर्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।
प्रतिवेदन: श्री नबिन थापा, सभापति, आग्सु, सुनगाभा आञ्चलिक समिति।