
कोक्राझार ,२४ मई २०२६:– अखिल असम गोर्खा छात्र ( आग्सु) कोक्राझार जिल्ला समिति अन्तर्गत पाटगाउँ आञ्चलिक समितिको उद्योगमा असम माध्यमिक र उच्चतर माध्यमिक परीक्षा २०२६ साथै केन्द्रिय शिक्षा बाेर्ड माध्यमिक र उच्चतर माध्यमिक परीक्षामा २०२६ मा उत्तीर्ण हुने कृति विद्यार्थीहरूलाई टीका,खदा साथै अभिनन्दन पत्र प्रदान गरी भव्य अभिनन्दन गरेको छ।
कोक्राझार जिल्ला अन्तर्गत पाटगाउँ आमा इंग्लिश स्कुल प्राङ्गणमा पाटगाउँ आञ्चलिक समितिका सभापति रोहन बराईलीको अध्यक्षतामा र मूल सचिव कुमार तामाङको मञ्च सञ्चालनमा बिहान सहिद वेदीमा पुष्पार्पणका साथ सुरु भएको उक्त अभिनन्दन कार्यक्रममा 35 जना भन्दा बडी विद्यार्थीहरूलाई अभिनन्दन गरेको जानकारी गराएका छन्।
कार्यक्रममा मुख्य अतिथिको रूपमा अखिल असम गोर्खा छात्र संघ कोक्राझार जिल्ला समितिका सभापति आईता घिसिङ उपस्थित रही उपस्थित विद्यार्थीहरूलाई शुभकामना प्रदान गर्दै उपस्थित अभिभावक वर्गमा आफ्नो छोरा छोरी हरुको पढाईमा निरन्तरता रहोस् भन्दै आफ्नो बहुमूल्य मन्तब्य राख्दै यस अघि कक्षा १० उत्तीर्ण गर्ने विद्यार्थीहरु कक्षा १२ मा देख्न न पाएकोमा विद्यार्थीहरुको संख्यामा ह्रास भएको जानकारी गराउँदै चिन्ता व्यक्त गर्दछन साथै जिल्ला समिति उक्त समस्याको समाधान गर्न प्रतिबद्ध रहेको जानकरी गराएका छन्।
साथै BTC क्षेत्रिय समिति आग्सुका शिक्षा सचिव शंकर राई उक्त कार्यक्रममा निर्दिष्ट वक्ताको रुपमा उपस्थित रहेर विद्यार्थीहरूलाई शुभकामना ज्ञापन गर्दै आजका विद्यार्थीहरु नै भोलिको समाज, जाति तथा राष्ट्र निर्माणका आधार स्तम्भ भएको बताउँदै प्रतिस्पर्धात्मक युगमा विद्यार्थीहरूलाई केवल परीक्षामा राम्रो अंक ल्याउने मात्र सफलता नभई विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा अनुशासन ,परिश्रम तथा नैतिक शिक्षा समेतको आवश्यकता बताउँदै विद्यार्थीहरूलाई मार्गदर्शन गर्दछन्।
यस कार्यक्रममा कोक्राझार जिल्ला समिति आग्सुका पूर्व सभापति मुकुन्द भट्टराईले पनि विद्यार्थीहरूको कर्तव्य बारेमा आफ्नो मन्तव्य राख्दै सफलतासँगै व्यावहारिक त सामाजिक उत्तदायित्वका विन्दुहरूमा विशेष वक्तव्य राख्दै सम्मानित विद्यार्थीहरुमा शुभकामना प्रदान गर्दछन्।
उक्त कार्यक्रममा आञ्चलिक समितिको निम्तो स्वीकार्दै अखिल असम गोर्खा छात्र संघ BTC क्षेत्रिय समिति आग्सुका कार्यालय सचिव किरण पौडेल , कोक्राझार जिल्ला समिति आग्सुका उप सभापति राज तामाङ्ग,उप सभानेत्री इन्दु थापा,सचिव भुवन पौडेल, साँस्कृतिक सचिव पूजा सुवेदी, पाटगाउँ उच्चतर माध्यमिक विद्यालयका शिक्षक आशिष लिम्बू, शिक्षक ओमकार सापकोटा,शिक्षक पवित्र भट्टराई, समाज सेवी प्रभात बराईली,प्रदीप कार्की , अठीयाबारी आञ्चलिक समितिका साँस्कृतिक सचिव गोकुल कोईराला, जनता महाविद्यालय आग्सु ईकाईका सभापति लोकनाथ छेत्री, बोडोल्याण्ड विश्वविद्यालय आग्सु इकाईका मूल सचिव चेतन दाहाल,पाटगाउँ आञ्चलिक समिति आग्सुका सम्पूर्ण पदाधिकारी,शाखा समितिका सभापति, मूलसचिव,विभिन्न संघ-संस्थाका प्रतिनिधि लगायत सम्मानित विद्यार्थी अभभावक वर्गको उपस्थितिले उक्त कार्यक्रम सकारात्मक रूपमा सफल भएको जानकारी गराएका छन्।
उक्त अभिनन्दन कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान स्वरुप अभिनन्दन पत्र प्रदानले र वक्ताहरुको भाष्यले विद्यार्थीहरुमा पढाई प्रति अग्रसर गराउने छ भन्ने विश्वास आयोजक समितिले जनाएको छन।
प्रतिवेदक:- भुवन पौडेल,सचिव( IT incharge) कोक्राझार जिल्ला समिति आग्सु।