
निकाशि, २४ मई २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बाक्सा जिला अन्तर्गत बास्का र हिमाली आञ्चलिक समितिको नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण कार्यक्रम यौथ रुपमा गत २४ मइ आइतबार का दिन बास्का आञ्चलिक समिति को कार्यलय, निकाशि मा भव्य रुपमा सफलतापूर्वक सम्पन्न भएको छ। संगठनलाई अझ सशक्त र जनमुखी बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजित हुन्छ जहाँ आञ्चलिक समितिका पदाधिकारी तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा आग्सुका आदर्श, उद्देश्य तथा संगठनात्मक जिम्मेवारीबारे विशेष चर्चा गरिएको थियो। नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले संगठनप्रति पूर्ण निष्ठा, इमानदारी तथा समर्पणका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै औपचारिक रूपमा शपथ ग्रहण गरेका थिए। उक्त कार्यसुचि मा बाक्सा जिला समिति का पुर्व मुल सचिव श्रीमान एमकान्त पौडेल ज्यु ले बास्का आञ्चलिक र बाक्सा जिला समिति का उप सभापति श्रीमान खिरोज दाहाल ज्यु ले हिमाली आञ्चलिक समिति लाई शपथ ग्रहण गराउनु हुन्छ।यस शपथ गकार्यक्रममा संगठनको आगामी कार्ययोजना, विद्यार्थी तथा समाजहितका विभिन्न विषयहरूमा समेत सकारात्मक छलफल भएको थियो।
यस विशेष अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) बिटिसि क्षेत्रीय समितिका मुल सचिव श्रीमान राजु सुबेदि, बाक्सा जिल्ला समितिका पुर्ब सभापति मुल सचिव पारसमणि पराजुली तथा एमकान्त पौडेल, बाक्सा जिला समिति का नव निर्वाचित सभापति मुल सचिव श्री दिपेन्द्र कार्की र हेमराज सापकोटा, बाक्सा जिला समिति का उप सभापति खिरोज दाहाल, बाक्सा जिला समिति का सचिव चन्द्र पराजुली र सांगठनिक सचिव बीरेन्द्र शर्मा को गरिमामय उपस्थितिले बाक्सा जिला समिति आग्सु को सक्रियता को परिचय दिन्छ। उहाँहरूले कार्यक्रममा उपस्थित भई संगठनात्मक एकता, अनुशासन तथा सक्रियताको महत्वबारे प्रेरणादायी मन्तव्य राख्नुभएको थियो। साथै, आग्सुको मूल उद्देश्यलाई गाउँ–गाउँसम्म पुर्याउँदै विद्यार्थी तथा समाजको हकहितका लागि निरन्तर कार्य गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभएको थियो।
उहाँहरूको महत्वपूर्ण उपस्थितिले कार्यक्रममा थप ऊर्जा तथ समितिका नयाँ कार्यकर्ता हरुलाई सक्रिय रुपमा काम गर्ने प्रेरणा वहन गरेको छ। आफ्नो व्यस्त समयका बीच पनि कार्यक्रममा उपस्थित भई मार्गदर्शन तथा हौसला प्रदान गर्नुभएकोमा उहाँहरु जमैमा दुवै आञ्चलिक समितिको तर्फबाट हार्दिक कृतज्ञता तथा धन्यवाद ज्ञापन गर्नु भएको छ।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा भव्य रुपमा सम्पन्न भएको थियो भने अन्त्यमा संगठनलाई आगामी दिनहरूमा अझ सुदृढ तथा प्रभावकारी बनाउँदै लैजाने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो।
प्रतिवेदक: पवन सोनारी, सुचना एवं प्रविधि सचिव, बाक्सा जिला समिति आग्सु।।