All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #33
June 4, 2026

आग्सु मरिगाउँ जिल्ला समिति अन्तर्गत बिहिता-नलधारा आञ्चलिक समितिको नयाँ कार्यसमिति गठन

📅 June 4, 2026
✍️ AAGSU
🕒 12:05 AM

मरिगाउँ, ३१ मे २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU) मरिगाउँ जिल्ला समितिको एक विशेष सांगठनिक बैठक तथा कार्यकारिणी सभा भव्यताका साथ सम्पन्न भएको छ। आगामी सांगठनिक सुदृढीकरण र स्थानीय गोर्खा समुदायको हकहितका लागि कार्य गर्ने उद्देश्यका साथ मरिगाउँ जिल्ला अन्तर्गत बिहिता-नलधारा एल.पी. स्कूल (LP School) प्राङ्गणमा यो महत्त्वपूर्ण सभाको आयोजना गरिएको थियो। उक्त बैठकमा सर्वसम्मतिले बिहिता-नलधारा आञ्चलिक समितिको नयाँ कार्यसमिति गठन गरिएको छ।

नवगठित आञ्चलिक समितिमा ऊर्जावान र जुझारु युवा नेतृत्व चयन गरिएको छ। समितिको नवनियुक्त मुख्य पदाधिकारीहरू निम्नानुसार रहेका छन्:
नवनियुक्त सभापति: श्रीमान राजु ठकुरी मूल सचिव: श्रीमान ज्ञान बहादुर क्षेत्री यसका साथै बिहिता-नलधारा आञ्चलिक समितिको सम्पूर्ण कार्यकारिणी सदस्यहरूलाई पनि सोही अवसरमा चयन गरी पदभार तथा जिम्मेवारी सुम्पिएको छ। नयाँ कार्यसमितिका पदाधिकारीहरूलाई मरिगाउँ जिल्ला समितिका पदाधिकारीहरूद्वारा परम्परागत खादा र गम्छा ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।

नवनियुक्त सभापति श्रीमान राजु ठकुरी र मूल सचिव श्रीमान ज्ञान बहादुर क्षेत्रीले आफ्नो सम्बोधनमा जिल्ला समितिले सुम्पिएको यो ठूलो जिम्मेवारीलाई इमानदारिताका साथ निभाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँहरूले स्थानीय स्तरमा गोर्खा विद्यार्थीहरूको शैक्षिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि नयाँ कार्यसमिति सदैव अग्रसर रहने र संगठनको गरिमालाई अझ उच्च बनाउन हरसम्भव प्रयास गर्ने बताउनुभयो।

यस अवसरमा जिल्ला तथा विभिन्न आञ्चलिक समितिका प्रतिनिधिहरू, स्थानीय बुद्धिजीवी, समाजसेवी र ठूलो संख्यामा गोर्खा युवा तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सभा अत्यन्तै उत्साहजनक र सौहार्दपूर्ण वातावरणमा समापन भएको थियो।

प्रतिवेदक: आदित्य शर्मा – सुचना एवं प्रविधि सचिव , मरिगाउँ जिल्ला समिति ।

📤 Share this story
Scroll to Top