
दिमाकुची, २७ जुन २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) दिमाकुची आञ्चलिक समितिको कार्यकारिणी सभा आज २७ जुन २०२६ मा खैराग्रेन्ट शाखा समितिअन्तर्गत रहेको श्री श्री राधाकृष्ण मन्दिर प्राङ्गणमा सफलतापूर्वक सम्पन्न भएको छ।
आञ्चलिक समितिका सभापति विनोद लामसलको सभापतित्व तथा मूल सचिव प्रकाश बुढाथोकीको सञ्चालनमा सम्पन्न उक्त सभाले जातीय हित, सामाजिक एकता तथा संगठन सुदृढीकरणका विषयमा व्यापक छलफल गर्नुका साथै संगठनप्रति निरन्तर समर्पित भई योगदान पुर्याउँदै आएका कार्यकर्ताहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्दै विभिन्न पदमा पदोन्नति तथा मनोनयन गर्ने निर्णय गरेको छ।
सभाको निर्णयअनुसार धर्मानन्द फुयाललाई सांगठनिक सचिवबाट सह–सचिव पदमा पदोन्नति गरिएको छ। त्यसैगरी राजीव पौडेल र नन्दलाल पोख्रेललाई सदस्यबाट सांगठनिक सचिव पदमा नियुक्त गरिएको छ। धुर्व निरौलालाई सांस्कृतिक सचिव तथा सुरज लुइँटेललाई सदस्य पदमा मनोनयन गरिएको छ।
सभाले नवनियुक्त तथा पदोन्नति प्राप्त सम्पूर्ण पदाधिकारीहरूलाई शुभेच्छा ज्ञापन गर्दै संगठनको उद्देश्य, जातीय हित र सामाजिक सेवामा अझ सक्रिय र जिम्मेवार ढङ्गले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।
प्रतिवेदक: श्री प्रकाश बुढाथोकी, मुल सचिव, आग्सु, दिमाकुची आञ्चलिक समिति।