All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #37
July 2, 2026

आग्सु दिमाकुची आञ्चलिकद्वारा कक्षा ९ र १० का विद्यार्थीका लागि निःशुल्क शैक्षिक पाठदानकाे आयोजना

📅 July 2, 2026
✍️ AAGSU
🕒 12:06 AM

दिमाकुची, १ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) दिमाकुची आञ्चलिक समितिको आयोजनामा आगामी ६ जुलाईदेखि ३१ जुलाई २०२६ सम्म कक्षा ९ र १० का विद्यार्थीहरूका लागि एकमहिने निःशुल्क शैक्षिक पाठदान कार्यक्रम सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रम आञ्चलिक समिति अन्तर्गत पर्ने सुक्लाईस्थित नेहरू मेमोरियल हाईस्कुलमा सम्पन्न हुनेछ।

कार्यक्रमको मुख्य उद्देश्य कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै आगामी परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउनु रहेको आयोजकले जनाएको छ। पाठदान अवधिभर विभिन्न विषयका अनुभवी शिक्षकहरूद्वारा नियमित कक्षा सञ्चालन गरिनेछ।

आग्सु दिमाकुची आञ्चलिक समितिले आञ्चलिक क्षेत्रभित्रका कक्षा ९ र १० मा अध्ययनरत सबै विद्यार्थीहरूलाई यस निःशुल्क शैक्षिक पाठदान कार्यक्रममा सहभागी भई अवसरको सदुपयोग गर्न अनुरोध गरेको छ। साथै अभिभावक, शिक्षाप्रेमी तथा स्थानीयवासीहरूलाई पनि कार्यक्रमको सफलताका लागि आवश्यक सहयोग र सहकार्य गरिदिन आग्रह गरिएको छ।

शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधार मान्दै आग्सु दिमाकुची आञ्चलिक समितिले आगामी दिनहरूमा पनि विद्यार्थीमुखी तथा समाजोपयोगी शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रतिवेदक: श्री प्रकाश बुढाथोकी, मुल सचिव, दिमाकुची आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top