All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #37
July 2, 2026

आग्सु, खौराङ आञ्चलिक समितिको द्वारा शैक्षिक भ्रमण र ग्रीष्मकालीन शैक्षिक सप्ताहको आयोजना।

📅 July 2, 2026
✍️ AAGSU
🕒 12:06 AM

खौराङ,१ जुलाई, २०२६: अखिल असम गोर्खा छात्र संघ, खौराङ आञ्चलिक समितिले आफ्नो क्षेत्रका विद्यार्थीहरूको शैक्षिक उन्नयन र भविष्यप्रति जागरूकता जगाउने उद्देश्यले एक विशेष कार्यक्रमको थालनी गरेको छ। यसै सन्दर्भमा, २०२७ सालमा उच्च र उच्चतर माध्यमिक परीक्षामा सहभागी हुने विद्यार्थीहरूको मनोबल बढाउन र उनीहरूको शैक्षिक वातावरणलाई नजिकबाट बुझ्न आञ्चलिक समितिले घर-दैलो शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।
आञ्चलिक समितिका प्रतिनिधिहरूले सम्बन्धित विद्यार्थीहरूको गृहमा पुगी उनीहरूको हालको तयारी, समस्या र आवश्यकताका बारेमा प्रत्यक्ष छलफल गरेका छन्। यस भ्रमणको मुख्य उद्देश्य विद्यार्थीहरूलाई परीक्षाका लागि मानसिक रूपमा तयार पार्नु र उनीहरूलाई आवश्यक पर्ने शैक्षिक मार्गदर्शन प्रदान गर्नु हो।
यसै शैक्षिक अभियानको निरन्तरता स्वरूप, आञ्चलिक समितिले यहीं आउँदो ३ जुलाई २०२६ देखि ८ जुलाई २०२६ सम्म खौराङ उच्च माध्यमिक विद्यालयमा “ग्रीष्मकालीन शैक्षिक सप्ताह” को आयोजन गरेको छ।
कार्यक्रमको अवधि: ३ जुलाई देखि ८ जुलाई, २०२६
स्थान: खौराङ उच्च माध्यमिक विद्यालय
मुख्यत विषयगत कक्षा र विशेषज्ञहरू द्वारा मार्गदर्शन। परीक्षा रणनीति र समय व्यवस्थापन सम्बन्धी परामर्श। विद्यार्थीहरूमा आत्मविश्वास जगाउन उत्प्रेरणात्मक सत्र।

विद्यार्थीहरूको उज्ज्वल भविष्य र खौराङ क्षेत्रको शैक्षिक गुणस्तर सुधार्न आग्सु, खौराङ आञ्चलिक समिति सदैव तत्पर छ। यो ग्रीष्मकालीन शैक्षिक सप्ताहले आगामी वर्ष परीक्षा दिने विद्यार्थीहरूलाई थप सुदृढ र सफल बनाउन मद्दत पुग्ने विश्वास समितिले लिएको छ।
 यस कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण अभिभावक, शिक्षकवर्ग र स्थानीय बुद्धिजीवीहरूमा आञ्चलिक समिति हार्दिक आह्वान गर्दछ।

प्रतिवेदक: श्री नारायण दाहाल, सचिव, आग्सु, खौराङ आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top