All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #43
August 13, 2026

आग्सु बामुनजुलीक आञ्चलिक समिति अन्तर्गत नं. १ समराङ शाखा समितिको पुनर्गठन सम्पन्न।

📅 August 13, 2026
✍️ AAGSU
🕒 12:06 AM

समराङ, ९ जुलाई २०२६: अखिल असम गोर्खा छात्र संघ, बामुनजुली आञ्चलिक समिति अन्तर्गत नं. १ समराङ शाखा समितिको पुनर्गठन कार्यक्रम आइतबार एक कार्यक्रमबीच सम्पन्न भएको छ। संगठनलाई स्थानीय तहसम्म अझ प्रभावकारी रूपमा विस्तार गर्दै गोर्खा विद्यार्थी तथा समुदायका हितका विषयलाई संगठित रूपमा अघि बढाउने उद्देश्यले शाखा समितिको पुनर्गठन गरिएको हो।

पुनर्गठन प्रक्रियाबाट सभापतिमा श्री रोहित राई तथा मूल सचिवमा श्री प्रेम तामाङ चयन हुनुभएको छ। उहाँहरूको नेतृत्वमा सक्षम, सक्रिय र सशक्त शाखा समिति गठन गरिएको छ। नवगठित समितिका पदाधिकारी तथा सदस्यहरूले संगठनको नीति, उद्देश्य र इमानदारी, अनुशासन र सक्रियताका साथ कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रममा संगठनको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा स्थानीयस्तरमा संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने विषयमा पनि छलफल गरिएको थियो। विशेषगरी विद्यार्थी तथा युवाहरूलाई संगठनसँग जोड्दै उनीहरूको शैक्षिक, सामाजिक तथा समग्र विकासका विषयमा रचनात्मक भूमिका निर्वाह गर्ने विषयमा जोड दिइएको थियो।

नवगठित नं. १ समराङ शाखा समितिले आगामी दिनमा आफ्नो क्षेत्र, गोर्खा समुदाय तथा अखिल असम गोर्खा छात्र संघको हित र विकासका लागि सक्रियतापूर्वक कार्य गर्दै संगठनलाई थप मजबुत, एकताबद्ध र गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

पुनर्गठन कार्यक्रममा उपस्थित भई शाखा समिति गठनलाई सफल बनाउन अमूल्य सुझाव, सहयोग र साथ प्रदान गर्नुहुने बामुनजुली आँचलिक समितिका सम्पूर्ण सहकर्मीहरू, नं. १ समराङ शाखा क्षेत्रका बुद्धिजीवी, समाजसेवी तथा गोर्खा समुदायका अग्रज एवं सम्पूर्ण गोर्खा जनमानसप्रति बामुनजुली आँचलिक समितिले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

नवगठित शाखा समितिका सभापति श्री रोहित राई, मूल सचिव श्री प्रेम तामाङलगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा संगठनको उद्देश्य र कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन सफल हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक: श्री भानु लामा, मुल सचिव, आग्सु बामुन्जुलि आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top