
बङगाईगाँउ, २० अगस्ट २०२६: बङगाईगाँउ विश्वविद्यालय आग्सु इकाईको प्रतिनिधि सभा आज २० अगस्ट २०२६ का दिन सम्पन्न भयो। विश्वविद्यालय एकाईकाे मूलसचिव सुश्री दीक्षा नेवारले सभापतित्व गरेको प्रतिनिधि सभामा आग्सु बङगाईगाउँ जिला समितिका सभापति श्री प्रभाकर छेत्री मुख्य अतिथिको रूपमा उपस्थित थिए भने, निर्दिष्ट वक्ताको रुपमा जिल्लाको मूल सचिव सुश्री विनिता नेवार उपस्थीत रहनु हुन्छ। साथै जिल्लाका विभिन्न पदाधिकारी गण यस सभामा उपस्थित रहनु भएको थियो। उक्त प्रतिनिधी सभाले आगामी २०२६–२७ कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै इकाईलाई अझै सुदृढ र प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरिएको छ।
प्रतिनिधि सभाले श्री विवेक बास्तोलालाई सभापति र सुश्री दीपा सोनारलाई मूल सम्पादिकाकाे रूपमा चयन गर्दछ। नव-निर्वाचित समितिको नेतृत्वमा विद्यार्थीहरूको हकहित, शैक्षिक विकास, एकता तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
प्रतिनिधि सभाबाट चयन भएको नयाँ नेतृत्वले बङगाईगाँउ विश्वविद्यालयमा अध्ययनरत गोर्खा विद्यार्थीहरूको हित र अधिकारका लागि एकताबद्ध भएर काम गर्दै आग्सु इकाईलाई अझ बलियो र व्यवस्थित बनाउने विश्वास लिइएको छ।
नयाँ कार्यसमितिलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनमा विद्यार्थी तथा समाजको हितमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
प्रतिवेदक: श्री योगेश गिरी, सूचना एवं प्रविधि सचिव, आग्सु बङगाईगाँउ जिला समिति।