All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #49
•
September 24, 2026

अखिल असम गोर्खा छात्र संघ ज्ञानपीठ कलेज शाखा समितिको आयोजनामा रमाइलो भेटघाट कार्यक्रम सम्पन्न

📅 September 24, 2026
✍️ AAGSU
🕒 12:07 AM
बक्सा, १३ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (AAGSU) ज्ञानपीठ डिग्री कलेज शाखा समितिको आयोजनामा वर्तमान तथा पूर्वविद्यार्थीहरूबीच आत्मीयता, भाइचारा र संगठनात्मक एकता अभिवृद्धि गर्ने उद्देश्यले ‘रमाइलो भेटघाट कार्यक्रम’ भव्य एवं सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमको शुभारम्भ कलेज शाखा समितिका सभापति तिलक छेत्रीद्वारा झण्डोत्तोलन गरी गरिएको थियो। त्यसपश्चात् शाखा समितिका मूलसचिव दल बहादुर तामाङद्वारा शहीद तथा दिवंगत व्यक्तित्वहरूको स्मृतिमा स्मृतितर्पण अर्पण गरिएको थियो।

ज्ञानपीठ डिग्री कलेजका पूर्वविद्यार्थीहरू तथा वर्तमानमा अध्ययनरत विद्यार्थीहरूको संयुक्त पहलमा आयोजित उक्त कार्यक्रम केवल मनोरञ्जनमा सीमित नरही वर्तमान र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने, आपसी आत्मीयता तथा वैचारिक आदान–प्रदानलाई बढावा दिने र संगठनप्रतिको एकता एवं भावनालाई थप सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रममा ज्ञानपीठ डिग्री कलेजका संस्थापक सभापति तथा विशिष्ट समाजसेवी दयानन्द भण्डारी, अखिल असम गोर्खा छात्र संघ केन्द्रीय समितिका उपसभापति प्रकाश कोइराला, BTC क्षेत्रीय समिति AAGSU का मूलसचिव राजु सुब्बेदी, बक्सा जिल्ला समिति AAGSU का सभापति दिपेन्द्र कार्की, मूलसचिव हेमराज सापकोटा, उपसभापतिहरू खिरोज दाहाल, राम निरौला तथा दीपक फुयेल, सचिव चन्द्र पराजुली, IT सचिव पवन सोनारी, म्यागजिन सचिव पृथु पराजुली, हिमाली आँचलिक समितिका सभापति प्रदीप राई, मूलसचिव अजय विश्वकर्मा, बक्सा आँचलिक समितिका सभापति चन्दन भुसाल, मूलसचिव राजु कार्की, सुबनखाता आँचलिक समितिका मूलसचिव प्रकाश न्यौपानेलगायत विभिन्न आँचलिक तथा शाखा समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले वर्तमान पुस्ताका विद्यार्थीहरू र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई निरन्तरता दिँदै सामाजिक, शैक्षिक तथा संगठनात्मक क्षेत्रमा सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यार्थी जीवन केवल शैक्षिक उपलब्धिमा मात्र सीमित नभई समाज, संस्कृति र संगठनप्रतिको जिम्मेवारी बोध गर्ने महत्वपूर्ण समय भएको धारणा व्यक्त गरे।

कार्यक्रमको अर्को आकर्षणका रूपमा विभिन्न सांस्कृतिक नृत्य, गीत–संगीत तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। विशेष रूपमा विशिष्ट संस्कृति साधक राम राईज्यूद्वारा प्रशिक्षित खुकुरी नृत्यले उपस्थित सबैको ध्यान आकर्षित गरेको थियो। मौलिक संस्कृति र परम्परासँग जोडिएको उक्त प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएको थियो।

वर्तमान विद्यार्थी र पूर्वविद्यार्थीहरूलाई एउटै थलोमा जोड्दै आयोजना गरिएको यस प्रकारको कार्यक्रमले पुस्ताबीचको सम्बन्धलाई मजबुत बनाउनुका साथै आपसी अनुभव, विचार र ज्ञान आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ। ‘हिजोका विद्यार्थी, आजका मार्गदर्शक र भोलिका विद्यार्थीका प्रेरणा’ भन्ने भावनालाई आत्मसात् गर्दै अघि बढाइएको यस भेटघाटले संगठनको निरन्तरता र एकतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमले मनोरञ्जनसँगै आपसी सद्भाव, आत्मीयता, सांस्कृतिक संरक्षण, विद्यार्थी एकता र संगठनात्मक सहकार्यको सन्देश प्रवाह गर्दै उपस्थित सम्पूर्ण सहभागीहरूमा सकारात्मक ऊर्जा र नयाँ उत्साह सञ्चार गरेको थियो।

प्रतिवेदक- श्रीमान पवन सोनारी, सुचना एवं प्रबिधि सचिव बाक्सा जिल्ला समिति

📤 Share this story
Scroll to Top