
लखिमपुर, ७ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) जोहिङ ९/६ कोइलामारी आञ्चलिक समितिको आयोजनामा ७ अक्टोबर २०२६, बुधबारका दिन ७ स्टार नकआउट फुटबल प्रतियोगिता २०२६, सिजन–१ को भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत हातिलुङ एफ.सी. र रामपुर एफ.सी. बीचको रोमाञ्चक उद्घाटन खेल विभिन्न विशिष्ट अतिथिहरूको गरिमामय उपस्थितिमा सम्पन्न भयो।
उक्त समारोहमा अखिल असम गोर्खा छात्र संघ, लखिमपुर जिल्ला समितिका निवर्तमान सभापति युवराज कटुवाल, असम गोर्खा सम्मेलन, लखिमपुर जिल्ला समितिका सभापति दिलीप छेत्री, आग्सु लखिमपुर जिल्ला समितिका निवर्तमान शिक्षा सचिव राजा छेत्री तथा निवर्तमान कार्यालय सचिव माधव भरलीको उपस्थिति रहेको थियो। त्यसैगरी, जी.एस. प्रधान इङ्ग्लिस हाइस्कुलका प्रधानाध्यापक घनश्याम प्रधान, आग्सु सियाजुली आञ्चलिकका मुख्य उपदेष्टा दिलीप छेत्री तथा कोइलामारी ग्राम पञ्चायतका उपसभापति मोहन पराजुली पनि कार्यक्रममा उपस्थित थिए।
यसका साथै जोहिङ बजार गोर्खा समाजका समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरू तारा बहादुर लिम्बु, ध्रुव पराजुली, तिलक छेत्री, अमर गुरुङ, विनोद लिम्बु, अम कुमार गुरुङ, अल्बर्ट रुटा र अमित राईलगायत अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
खेलकुदको माध्यमबाट आपसी सद्भाव, एकता, अनुशासन तथा भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्न र युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्न महत्त्वपूर्ण योगदान पुर्याउने आयोजक समितिले विश्वास व्यक्त गरेको छ। यस प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकाससँगै युवाहरूमा सकारात्मक सोच, प्रतिस्पर्धात्मक भावना र सामूहिक सहकार्यको संस्कार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिवेदक : राहुल तामाङ, सभापति, जोहिङ ९/६ कोइलामारी आञ्चलिक समिति