All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #55
•
November 5, 2026

स्वर्गीय खर्ग बहादुर छेत्रीज्यूको निधनप्रति खौराङ आञ्चलिक समिति आग्सुद्वारा शोक व्यक्त गर्दै शोकपत्र प्रदान

📅 November 5, 2026
✍️ AAGSU
🕒 12:06 AM

खौराङ, ३० अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), खौराङ आञ्चलिक समितिका कार्यकारी सदस्य श्री सन्तोष छेत्रीज्यूका पूजनीय काका स्वर्गीय खर्ग बहादुर छेत्रीज्यूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै खौराङ आञ्चलिक समितिले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

आञ्चलिक समितिका सभापति श्री वीर बहादुर छेत्रीज्यूको नेतृत्वमा गएको टोलीले दिवंगत छेत्रीज्यूको निवासमा उपस्थित भई उहाँको पार्थिव जीवनप्रति सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको थियो। सोही अवसरमा समितिको तर्फबाट शोकपत्रसमेत प्रदान गरी शोकाकुल परिवारप्रति ऐक्यबद्धता प्रकट गरिएको थियो।

उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिका उपसभापति किशोर सिर्पाली तथा कार्यकारी सदस्यद्वय दुर्गा बहादुर छेत्री र राम छेत्रीको समेत उपस्थिति रहेको थियो। उपस्थित प्रतिनिधिहरूले शोकसन्तप्त परिवारजनलाई सान्त्वना प्रदान गर्दै यस दुःखद घडीमा परिवारसँगै रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

यस दुःखद अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), खौराङ आञ्चलिक समितिले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पुनः हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिवेदक : नारायण दाहाल-सचिव,खौराङ आञ्चलिक समिति,

📤 Share this story
Scroll to Top