All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #57
•
November 19, 2026

आग्सु शोणितपुरद्वारा दुई शोकसन्तप्त परिवारसँग भेटघाट, समवेदना तथा शोक प्रस्ताव अर्पण

📅 November 19, 2026
✍️ AAGSU
🕒 12:05 AM

शोणितपुर, १३ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), शोणितपुर जिल्ला समितिका प्रतिनिधिहरूले संगठनका दिवङ्गत सदस्यका परिवार तथा संगठनसँग आबद्ध नेतृत्वका परिवारजनसँग भेटघाट गरी समवेदना व्यक्त गर्नुका साथै संस्थागत रूपमा शोक प्रस्ताव अर्पण गरेका छन्।

यसै क्रममा आग्सु उत्तर नागशंकर आञ्चलिक समितिका उपसभापति स्वर्गीय विक्रम क्षेत्रीको निवासमा उपस्थित भई शोकसन्तप्त परिवारका सदस्यहरूसँग भेटघाट गरिएको थियो। उक्त अवसरमा प्रतिनिधिमण्डलले दिवङ्गत विक्रम क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्‍यो। साथै, यस अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै संगठनको तर्फबाट औपचारिक शोक प्रस्तावसमेत हस्तान्तरण गरिएको थियो।

त्यसैगरी, आग्सु खनामुख आञ्चलिक समितिका सभापति शंकर बुढाथोकीको निवासमा पुगेर उहाँकी पूजनीय हजुरआमाको निधनप्रति दुःख व्यक्त गरिएको थियो। उक्त भेटका क्रममा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुका साथै संगठनको तर्फबाट शोक प्रस्ताव अर्पण गरिएको थियो।

दुवै परिवारसँगको भेटघाटका क्रममा आग्सुका प्रतिनिधिहरूले दुःख र पीडाको यस कठिन घडीमा परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका थिए। साथै, संगठन केवल सामाजिक तथा शैक्षिक गतिविधिमा मात्र सीमित नरही आफ्ना सदस्य, शुभेच्छुक तथा संगठनसँग आबद्ध परिवारहरूको सुख-दुःखमा समेत सदैव साथमा रहने सामाजिक दायित्वप्रति प्रतिबद्ध रहेको सन्देश व्यक्त गरेका थिए।

आग्सुले दिवङ्गत दुवै आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पुनः हार्दिक समवेदना व्यक्त गरेको छ।

प्रतिवेदक: श्री पुनम कार्की, उप-सभानेत्री, आग्सु, शोणितपुर जिला समिति।

📤 Share this story
Scroll to Top