
शान्तिपुर, २९ सेप्टेम्बर: शान्तिपुर प्रहरी चौकीका इन्चार्ज श्री Cruseb Borgoyary को समर्पित सेवा, योगदान तथा कार्यकालको सम्मान गर्दै हार्दिक विदाइ तथा अवकाश समारोह मंगलबार शान्तिपुर प्रहरी चौकी परिसरमा गरिमामय वातावरणमा सम्पन्न भएको छ।
समारोहमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), सुनगाभा आञ्चलिक समितिका सभापति श्री नबिन थापा, आग्सु केन्द्रीय समितिका खेलकुद सचिव श्री गणेश छेत्री, आञ्चलिक समितिका उपसभापति श्री दीपक शर्मा, निजलागुरी शाखा समितिका अध्यक्ष श्री प्रितिराज भट्टराई, SUGPO चिराङका सचिव श्री कृष्ण पोखरेल, आग्सु सुनगाभा आञ्चलिक समितिका पूर्व सभापति श्री टंकमणि घिमिरे, १०औँ द्वार आञ्चलिक समिति ABSU का सभापति श्री सोनजित बसुमतारी, रुनिखाता–शान्तिपुर समवाय समितिका अध्यक्ष श्री धनधिराज छेत्री तथा इन्चार्ज सचिव श्री चोकबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, शान्तिपुर VCDC का अध्यक्ष, शान्तिपुर बजार समितिका अध्यक्ष, शान्तिपुर शाखा समिति AGS का अध्यक्ष तथा सचिवलगायत स्थानीय बुद्धिजीवी, समाजसेवी, समुदायका अगुवा तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
समारोहमा वक्ताहरूले श्री Cruseb Borgoyary ले शान्तिपुर क्षेत्रमा पुर्याउनुभएको समर्पित सेवा, अनुशासन, व्यावसायिकता तथा शान्ति–सुरक्षा कायम गर्न निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै उहाँप्रति सम्मान व्यक्त गरे। साथै, स्थानीय समुदायसँग उहाँले कायम गर्नुभएको सौहार्दपूर्ण सम्बन्ध, सहकार्य र समन्वयको समेत स्मरण गरियो।
समारोहका क्रममा उहाँको सेवाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी अवकाश जीवन सुखमय, शान्तिमय, स्वस्थ, सफल तथा समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। समारोहमा सहभागीहरूले उहाँको आगामी जीवनयात्राका लागि शुभेच्छा व्यक्त गर्दै सम्मानपूर्वक विदाइ गरे।
प्रतिबेदक: श्री नवीन थापा, सभापति, सुनगाभा आञ्चलिक समिति।