All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #50
•
October 1, 2026

मरनोई र गोवालपाडा सदर आञ्चलिक समितिको प्रतिनिधि सभा सम्पन्न

📅 October 1, 2026
✍️ AAGSU
🕒 12:06 AM

गोवालपाडा, २४ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), गोवालपाडा जिल्ला समिति अन्तर्गत मरनोई आञ्चलिक समिति तथा गोवालपाडा सदर आञ्चलिक समितिको प्रतिनिधि सभा हिजो २४ सेप्टेम्बर २०२६ मा सम्पन्न भएको छ।

प्रतिनिधि सभाले आगामी कार्यकालका लागि मरनोई आञ्चलिक समितिको सभापतिको रूपमा श्री बिटु मोक्तान तथा मूल–सचिवको रूपमा श्री देवराज रानालाई सर्वसम्मतिले चयन गरेको छ। त्यसैगरी, गोवालपाडा सदर आञ्चलिक समितिको सभापतिको रूपमा श्री विष्णु शर्मा तथा मूल–सचिवको रूपमा श्री राजेश विश्वकर्मालाई सर्वसम्मतिले चयन गरिएको छ।

प्रतिनिधि सभाबाट नव निर्वाचित सभापति, मूल–सचिव लगायत दुवै आञ्चलिक समितिका सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूलाई अखिल असम गोर्खा छात्र संघ, गोवालपाडा जिल्ला समितिको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

नवनिर्वाचित दुवै आञ्चलिक समितिले गोर्खा समाजको एकता, अधिकार संरक्षण तथा विद्यार्थी हितका क्षेत्रमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्दै संगठनलाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिवेदक : नारायण चापागाईं-कार्यवाहक सभापति, गोवालपाडा जिल्ला समिति

📤 Share this story
Scroll to Top