All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #53
•
October 22, 2026

आग्सु तिनसुकिया जिल्ला समितिको कार्यकारिणी सभा सम्पन्न, एसआईटीद्वारा प्रतिवेदन पेस

📅 October 22, 2026
✍️ AAGSU
🕒 12:05 AM

तिनसुकिया, ११ अक्टोबर २०२६ (आइतबार)। अखिल असम गोर्खा छात्र संघ (आग्सु) तिनसुकिया जिल्ला समितिको कार्यकारिणी सभा आइतबार तिनसुकियाको बोरगुरीस्थित समितिको आफ्नै कार्यालयमा सम्पन्न भएको छ।

केही दिनअघि जागुन लिसाङ गाउँमा भएको घटनालाई लिएर आग्सु तथा संगठनका केही कार्यकर्ताहरूमाथि विभिन्न आरोपहरू लगाइएका थिए। त्यसैले उक्त घटनाको निष्पक्ष छानबिन गर्न जिल्ला समितिले विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरेको थियो।

एसआईटीले विस्तृत अनुसन्धान पूरा गरी तयार पारेको प्रतिवेदन कार्यकारिणी सभामा औपचारिक रूपमा पेस गरेको छ। प्रतिवेदनमा अनुसन्धानको निष्कर्षअनुसार सम्बन्धित व्यक्तिहरू निर्दोष रहेको उल्लेख गरिएको जनाइएको छ।

यसैबीच, संगठनभित्र प्रवेश गरी आग्सुलाई विभाजन गर्ने तथा संगठनको एकता र अखण्डतामा खलल पुर्‍याउने प्रयास नगर्न जिल्ला समितिले सम्बन्धित तेस्रो पक्षहरूलाई कडा चेतावनी दिएको छ।

संगठनको एकता, अनुशासन र मर्यादा कायम राख्न जोड दिँदै जिल्ला समितिले आग्सुको सांगठनिक एकतालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।

प्रतिवेदन :- जतन प्रधान सांगठनिक सचिव (IT incharge) तिनसुकिया जिल्ला समिति

📤 Share this story
Scroll to Top