
उदालगुडी, १४ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी आञ्चलिक समितिको एक प्रतिनिधि टोलीले स्वर्गीय रेवती धमला देवीको निज निवासमा उपस्थित भई दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
उक्त शोक भेटघाटका क्रममा प्रतिनिधि टोलीले स्वर्गीय रेवती धमला देवीका सुपुत्र तथा असम गोर्खा सम्मेलन, बीटीसी क्षेत्रीय समितिका मूल–सचिव श्री भुवन धमलालगायत सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गर्दै यस दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेको थियो।
कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (आग्सु) केन्द्रीय समितिका मूल–सचिव श्री सोमराज सोनार र जिल्ला सचिव श्री डी. मनोज कुमार राउतसहित उदालगुडी आञ्चलिक समितिका पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
यस दुःखद घडीमा अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी आञ्चलिक समितिले दिवंगत आत्माको चिरशान्ति एवं सद्गतिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा यस अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गरेको छ।
प्रतिवेदक : किरन दंगाल-सांगठनिक सचिव, उदालगुडी आञ्चलिक समिति