
उदालगुडी, १९ सेप्टेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिको ४२औँ कार्यकालको अन्तिम कार्यकारिणी सभा आज जिल्ला समितिको कार्यालयमा सम्पन्न भयो। कार्यवाहक सभापति श्री किशोर काश्यपको सभापतित्वमा सम्पन्न सभाको सञ्चालन मूल सचिव श्री किशोर सिर्पालीले गर्नुभएको थियो।
सभामा आग्सु केन्द्रीय समितिमा उदालगुडी जिल्ला समितिबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय मूल सचिव श्री सोमराज सोनार, उपसभापति श्री दुर्गा बस्नेत, सांस्कृतिक सचिव श्री त्रिदेव विष्ट, कार्यकारिणी सदस्य श्री राम छेत्री, बीटीसी क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहाल, वित्त सचिव श्री मणिराज छेत्री लगायत जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा नेतृत्वको उपस्थिति रहेको थियो।
सभामा जिल्ला समितिको ४२औँ कार्यकालमा सञ्चालन गरिएका विभिन्न सांगठनिक तथा सामाजिक गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। साथै, कार्यकालभरी जिल्ला समितिलाई सहयोग, मार्गदर्शन र साथ प्रदान गर्ने सम्पूर्ण नेतृत्व, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरिएको थियो।
उक्त सभा ४२औँ कार्यकालको समापनसँगै संगठनको आगामी कार्यकालका लागि नयाँ ऊर्जा, जिम्मेवारी र योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको थियो।
प्रतिवेदक: नव शर्मा, प्रचार सचिव, आग्सु, उदालगुडी जिला समिति।