All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #51
•
October 8, 2026

उदालगुडी जिल्ला समितिको शपथ ग्रहण तथा दायित्वभार अर्पण सम्पन्न।

📅 October 8, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, २ अक्टोबर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी जिल्ला समितिको नवगठित ४३औँ कार्यसमितिको शपथ ग्रहण तथा दायित्वभार अर्पण अनुष्ठान आज उदालगुडीस्थित जिल्ला समिति कार्यालयमा सम्पन्न हुन्छ।

कार्यक्रमको अध्यक्षता आग्सु उदालगुडी जिल्ला समितिका निवर्तमान कार्यवाहक सभापति किशोर काश्यपले गर्नुभएको थियो भने सभा सञ्चालन निवर्तमान मूलसचिव किशोर सिर्पालीले गर्नुभएको थियो। नवगठित जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरूलाई आग्सु केन्द्रीय समितिका सांगठनिक सचिव अमृत खड्काले शपथ ग्रहण गराउनुभएको थियो। कार्यक्रममा नवगठित जिल्ला समितिका ४४ जना नेतृत्वले शपथ ग्रहण गरेका थिए।

कार्यक्रममा आग्सु केन्द्रीय समितिका मूलसचिव सोमराज सोनार, उपसभापति दुर्गा बस्नेत, सांगठनिक सचिव अमृत खड्का, सांस्कृतिक सचिव त्रिदेव विष्ट, खेलकुद सचिव गणेश बोहोरा तथा कार्यकारिणी सदस्य राम छेत्रीको उपस्थिति रहेको थियो। त्यसैगरी आग्सु बीटीआर क्षेत्रीय समितिका सभापति रोहित कुमार दाहाल, सांस्कृतिक सचिव हेमन्त छेत्री, वित्त सचिव मणिराज छेत्री, असम गोर्खा सम्मेलन उदालगुडी जिल्ला समितिका सभापति पवन लुइँटेल, असम नेपाली साहित्य सभा उदालगुडी जिल्ला समितिका सभापति तिलबहादुर रेग्मी तथा मूलसचिव द्विपेन्द्र सापकोटा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आत्मसमर्पित यूजीपीओ केन्द्रीय समितिका मूलसचिव राजु विष्ट, महिला प्रकोष्ठकी सदस्या तारा देवी, सञ्चारकर्मी द्विपेन बुढाथोकीसहित आग्सु उदालगुडी जिल्ला अन्तर्गतका विभिन्न आञ्चलिक समितिका सभापति, मूलसचिव, पदाधिकारी तथा सदस्यहरू, महाविद्यालय एकाइका पदाधिकारी एवं सदस्यहरू र आग्सुका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महात्मा गान्धी जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा उपस्थित अतिथिहरूले महामानव महात्मा गान्धीको तस्बिरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए। कार्यक्रममा महात्मा गान्धीका विचार, सत्य, अहिंसा र समाजसेवाका आदर्शलाई स्मरण गर्दै सामाजिक तथा शैक्षिक क्षेत्रमा युवाहरूको भूमिकामाथि समेत चर्चा गरिएको थियो।

कार्यक्रमको अन्त्यमा निवर्तमान सभापति किशोर काश्यप र निवर्तमान मूलसचिव किशोर सिर्पालीले नव निर्वाचित सभापति विकाश भट्टराई र मूलसचिव रूपम आत्रेयलाई औपचारिक रूपमा दायित्वभार हस्तान्तरण गर्नुभएको थियो। निवर्तमान नेतृत्वले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै संगठनको उद्देश्य, विद्यार्थी तथा युवाको हकहित र सामाजिक–शैक्षिक क्षेत्रमा थप प्रभावकारी ढङ्गले कार्य गर्न आग्रह गर्नुभएको थियो।

नवगठित उदालगुडी जिल्ला समितिले आगामी कार्यकालमा संगठनलाई अझ सुदृढ बनाउँदै विद्यार्थीको शैक्षिक हित, नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा गोर्खा समुदायको समग्र हितका क्षेत्रमा सक्रियतापूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिवेदक: सञ्जय छेत्री, शिक्षा सचिव, उदालगुडी जिला समिति।

📤 Share this story
Scroll to Top