All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #51
•
October 8, 2026

३३ वर्षे शिक्षण सेवाबाट अवकाश लिनुभएका देवराज नेउपाने सम्मानित

📅 October 8, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, ८ अक्टोबर : ३३ वर्षसम्म शिक्षण सेवामा समर्पित रही शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका श्री देवराज नेउपानेज्यूले सेवाबाट अवकाश लिनुभएको अवसरमा अखिल असम गोर्खा छात्र संघ (आग्सु) उदालगुडी जिल्ला समितिले उहाँको निवासमै पुगेर सम्मान गरेको छ।

आग्सु उदालगुडी जिल्ला समितिको एक टोलीले नेउपानेज्यूसँग भेटघाट गर्दै उहाँको दीर्घ शिक्षण सेवाप्रति सम्मान व्यक्त गरेको हो। शिक्षा क्षेत्रमा उहाँले लामो समयसम्म पुर्‍याउनुभएको योगदानको कदर गर्दै जिल्ला समितिको तर्फबाट सम्मान गरिएको जनाइएको छ।

भेटघाटका क्रममा आग्सु उदालगुडी जिल्ला समितिले उहाँको ३३ वर्षे समर्पित सेवाप्रति हार्दिक सम्मान व्यक्त गर्दै अवकाशपछिको जीवन सुखी, स्वस्थ, शान्तिपूर्ण तथा आनन्दमय रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा समेत आफ्नो लामो अनुभव, ज्ञान र सीपलाई समाजको हित तथा नयाँ पुस्ताको मार्गदर्शनमा निरन्तर योगदान पुर्‍याउँदै जानुहुने विश्वास व्यक्त गरिएको छ।

शिक्षा क्षेत्रमा लामो समयसम्म समर्पित भई समाज र भावी पुस्ताको निर्माणमा पुर्‍याउनुभएको योगदानका लागि श्री देवराज नेउपानेज्यूप्रति आग्सु उदालगुडी जिल्ला समितिले हार्दिक कृतज्ञता तथा सम्मान प्रकट गरेको छ।

प्रतिवेदक : मनोज कुमार राउत, सचिव, उदालगुडी जिल्ला समिति

📤 Share this story
Scroll to Top