All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #23
March 26, 2026

बाक्सा जिल्ला अन्तर्गत बरमामा आग्सु बि.टि.सी. क्षेत्रीय समितिको बर्धित कार्यकारिणी सभा सम्पन्न।

📅 March 26, 2026
✍️ AAGSU
🕒 12:04 AM

बरमा, बाक्सा : २० मार्च २०२६ (शुक्रबार): असमको प्रतिष्ठित विद्यार्थी संगठन अखिल असम गोर्खा छात्र संघ (आग्सु), बि.टि.सी. क्षेत्रीय समितिको ‘वर्धित कार्यकारिणी सभा’ बाक्सा जिल्लाको बरमास्थित Star City Resort मा सफलतापूर्वक सम्पन्न भएको छ।

आग्सु बि.टि.सी. क्षेत्रीय समितिका सभापति श्री रोहित कुमार दाहालको अध्यक्षतामा सम्पन्न भएको यस कार्यकारिणी सभाको उद्देश्य व्याख्या गर्नु हुन्छ मूल सचिव श्री राजु सुवेदीले। उक्त सभामा बि.टि.सी. क्षेत्रका विभिन्न जिल्ला, आञ्चलिक तथा केन्द्रीय समितिका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमले गोर्खा समुदायसँग सम्बन्धित समसामयिक विषयहरूमा गम्भीर छलफल गर्दै संगठनको भावी रणनीति तय गर्ने दिशामा महत्वपूर्ण कदम चालेको जनाइएको छ।

सभामा विशेष रूपमा गोर्खा समुदायको संवैधानिक अधिकार, भूमि अधिकार, शैक्षिक उन्नति तथा सामाजिक सशक्तिकरणका विषयमा गहिरो मन्थन गरिएको थियो। छलफलका क्रममा संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने, युवाहरूलाई सामाजिक तथा संगठनात्मक गतिविधिमा सक्रिय बनाउने, र सरकारसमक्ष अधिकार सुनिश्चितताको मागलाई सशक्त रूपमा उठाउने विषयमा जोड दिइयो।

त्यसैगरी, गोर्खा विद्यार्थीहरूको उच्च शिक्षा तथा भविष्य निर्माणलाई केन्द्रमा राख्दै विशेष कार्ययोजना निर्माण गर्ने निर्णय समेत गरिएको छ। कार्यक्रममा सहभागी हुने प्रतिनिधि हरूले जातीय एकता र सहकार्यको आवश्यकतामाथि जोड दिँदै ‘एक गोर्खा, अटुट गोर्खा’को सन्देशलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको निष्कर्षमा, समाजलाई शैक्षिक तथा आर्थिक रूपमा सुदृढ बनाउनु नै दीर्घकालीन रूपमा पहिचान र अस्तित्व संरक्षणको मुख्य आधार हुने उल्लेख गर्दै यस बैठकलाई आगामी दिनका लागि स्पष्ट मार्गनिर्देशन दिने महत्वपूर्ण अवसरको रूपमा लिइएको आयोजकले बताएका छन्।

📤 Share this story
Scroll to Top