All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #23
March 26, 2026

अखिल असम गोर्खा छात्र संघ, सुनगाभा आञ्चलिक समितिद्वारा प्रीतिभोज सम्पन्न।

📅 March 26, 2026
✍️ AAGSU
🕒 12:06 AM

सुनगाभा, २२ मार्च २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) सुनगाभा आञ्चलिक समितिको उद्योगमा एक भव्य प्रीतिभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम सम्पूर्ण शाखा समिति तथा आञ्चलिक शुभचिन्तकहरूको सक्रिय सहयोगमा आयोजना गरिएको हो।

“एक छाक, एक साथ” भन्ने सकारात्मक सोचलाई आत्मसात गर्दै आयोजना गरिएको यस कार्यक्रम २२ मार्चका दिन चिराङ जिल्लाअन्तर्गत निजलागुड़ी वनभोज स्थलमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी, युवा तथा विभिन्न तहका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य आपसी एकता, भाइचारा र संगठनप्रति प्रतिबद्धता अझ सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ। सहभागीहरूले सामूहिक रूपमा भोजन गर्दै आपसी सम्बन्धलाई अझ मजबुत बनाउने अवसर प्राप्त गरेका थिए।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा पनि यस्ता एकतामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा आग्सु केन्द्रीय समितिका स्वस्थ सचिव अमृत खड्का, बिटिसि क्षेत्रिय समितिका सभापति रोहित कुमार दाहाल, मुल सचिव राजु सुवेदी, उप–सभापतिद्वय प्रकाश दाहाल र दीपेन्द्र कार्की, सह–सचिव नारायण भट्टराई, सांगठनिक सचिव जीवन पाठक लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी बिटिसि क्षेत्रिय समितिका पूर्व मुल सचिव हेमन्त शर्मा, चिराङ जिल्ला समितिका सभापति निश्चल गिरी, कार्यालय सचिव अर्जुन नेवार, बाक्सा जिल्ला समितिका सभापति पारस पराजुली, कोक्राझार जिल्ला समितिका सभापति आइता लामा, पूर्व सभापति मुकुन्द भट्टराई, हिमाली, बिजनी, काजलगाउँ अञ्चालिक समितिका सभापति तथा मुल सचिवहरू, आञ्चलिक समितिका सम्पूर्ण कार्यकर्ता र ७ वटा शाखा समितिका सभापति तथा मुल सचिवहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यसैगरी गोर्खा उन्नयन परिषद्का सदस्य बल बहादुर ठकुरी, बिटिआर गोर्खा समाजका सभापति उत्तम प्रधान, चिराङ जिल्ला समिति अगोसका सभापति सूर्य बस्नेत, सचिव राजु कटुवाल, रुनिखाटा-शान्तिपूर समबाय समितिका अध्यक्ष धन्दिराज छेत्री ज्यु , मुल सचिव योगेश बस्नेतज्यु,S-UGPO चिराङ जिल्ला सभापति बिबेक लिम्बू, मूल-सचिव कृष्ण पोखरेल, पूर्व आग्सु कर्मी एवम समाज सेवाक यज्ञा बस्नेत ज्यु, राम छेत्री, कैलाश पञ्चकोटी, आब्सु चिराङ जिल्ला समितिका PRS सचिव उर्काउ बोडो, १० दुवार आब्सुका सभापति तथा मुल सचिव लगायत अन्य अतिथि एवं शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको थियो।

अन्तमा आञ्चलिक समितिका सभापति नबिन थापाले बिटिसिका मनोनित पार्षद नन्द लाल मगर र पूर्व पार्षद माधव चन्द्र छेत्रीलाई विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो।

📤 Share this story
Scroll to Top