All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #58
•
November 26, 2026

निङ्गम गोर्खा विश्वकर्मा समाजद्वारा आयोजित देउसी–भैलो बिदाइ समारोह सम्पन्न, AAGSU तिनसुकिया जिल्ला समितिको उपस्थिति

📅 November 26, 2026
✍️ AAGSU
🕒 12:05 AM

निङ्गम, २० नोभेम्बर २०२६। गोर्खा जातिको महान् पर्वक शुभ दीपावली तथा तिहारको पावन अवसरमा निङ्गम गोर्खा विश्वकर्मा समाजको आयोजनामा तथा निङ्गमवासीहरूको सहयोगमा आयोजित देउसी–भैलो बिदाइ समारोह भव्यताका साथ सम्पन्न भएको छ।

उक्त कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ (AAGSU) केन्द्र समिति बाट कार्यकारिणी सदस्य कृष्ण रिमाल, तिनसुकिया जिल्ला समिति तर्फबाट उपसभापति गोपी छेत्री, सह स्वस्थ सचिव देवराज सोनार हरुको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति गोपी छेत्रीले कार्यक्रमको सफल आयोजनाका लागि निङ्गम गोर्खा विश्वकर्मा समाजप्रति तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण निङ्गमवासीहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरे।

उनले गोर्खा जातिको मौलिक संस्कृति, परम्परा र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्दै सामाजिक सद्भाव, आपसी भाइचारा र एकतालाई सुदृढ बनाउने यस्ता सांस्कृतिक कार्यक्रमहरू अत्यन्तै प्रशंसनीय रहेको बताए।
साथै, यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा आफ्नो भाषा, संस्कृति र परम्पराप्रति अपनत्व तथा जागरूकता अभिवृद्धि गर्नुका साथै समाजमा आपसी एकता, सद्भाव र सांस्कृतिक पहिचान कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे।

गोर्खा जातिको कला, संस्कृति र परम्परालाई जीवन्त राख्न समुदायस्तरबाट गरिने यस्ता सकारात्मक पहलहरू निरन्तर जारी रहनुपर्नेमा उनले जोड दिए।

प्रतिवेदन:- जतन प्रधान सांगठनिक सचिव तथा IT incharge तिनसुकिया जिल्ला समिति

📤 Share this story
Scroll to Top