
धनश्रीघाट, ११ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), धनश्रीघाट आञ्चलिक समितिका खेल सचिव स्वर्गीय पारस मणि नेवारको असामयिक निधनप्रति शोक व्यक्त गर्दै आञ्चलिक समितिको कार्यालय परिसरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दछ।
उक्त कार्यक्रममा आग्सु केन्द्रीय समितिका मूल सचिव श्री सोमराज सोनार, केन्द्रीय समितिका कार्यकारिणी सदस्य श्री राम क्षेत्रीको गरिमामय उपस्थिति रहेको थियो। साथै, उदालगुरी जिल्ला समितिका कार्यवाहक सभापति श्री किशोर कस्यप, मूल सचिव श्री किशोर सिर्पाली लगायत विभिन्न पदाधिकारी तथा धनश्रीघाट आञ्चलिक समितिका पदाधिकारी एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो। उपस्थित सबैले स्वर्गीय पारस मणि नेवारको तस्वीरमा पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए।
यसै अवसरमा स्वर्गीय पारस मणि नेवारको निजी निवासमा समेत श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो। कार्यक्रममा सहभागी आग्सुका पदाधिकारी तथा कार्यकर्ताहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारलाई यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी प्रार्थना गरेका थिए।
स्वर्गीय पारस मणि नेवार धनश्रीघाट आञ्चलिक समितिमा खेल सचिवका रूपमा सक्रिय रहँदै संगठन तथा सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याएका कर्मठ, निष्ठावान र समर्पित कार्यकर्ता रहेको सहभागीहरूले स्मरण गरे। उहाँको असामयिक निधनले आञ्चलिक समिति तथा सम्पूर्ण गोर्खा समाजलाई अपूरणीय क्षति पुगेको बताइएको छ।
कार्यक्रममा उहाँले संगठन तथा समाजप्रति पुर्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गर्दै उहाँको निधनले सिर्जना गरेको रिक्तता पूरा गर्न कठिन रहेको बताइयो। अन्त्यमा स्वर्गीय पारस मणि नेवारको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो।
प्रतिवेदक: श्री जीवन बस्नेत, सभापति, आग्सु धनश्रीघाट आञ्चलिक समिति।