All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #38
July 9, 2026

स्वर्गीय माधव कार्कीप्रति उदालगुडी जिल्लाका चार आञ्चलिक समितिद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण।

📅 July 9, 2026
✍️ AAGSU
🕒 12:06 AM

उदालगुडी, ६ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बी.टि.आर. क्षेत्रीय समितिको निर्देशनअनुसार आग्सु बी.टि.आर. क्षेत्रीय समितिका प्रतिष्ठापक मूल सचिव तथा गोर्खा समुदायका प्रथम मनोनीत पार्षद स्वर्गीय माधव कार्की ज्यूको योगदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै उदालगुडी जिल्ला अन्तर्गत खैराङ, हरीसिङ्गा, खुसुराबारी–हाबी तथा उदालगुडी सदर आञ्चलिक समितिहरूले आ–आफ्नो कार्यालयमा भावपूर्ण श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरेका छन्।

उक्त कार्यक्रममा आग्सु जिल्ला तथा आञ्चलिक पदाधिकारी, शाखा समितिका प्रतिनिधि, अग्रज व्यक्तित्व, विद्यार्थी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले स्वर्गीय माधव कार्कीको तस्वीरमा माल्यार्पण तथा पुष्पाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले स्वर्गीय माधव कार्कीले आग्सुको संगठन विस्तार, गोर्खा जातीय उन्मुक्तिको क्षेत्रमा पुर्याउनु भएको अबदान, समुदायको सामाजिक उत्थान, भाषा, शिक्षा, पहिचान तथा अधिकारको संरक्षणका लागि पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने बताए। उहाँको निष्ठा, दूरदर्शी नेतृत्व, इमानदार कार्यशैली तथा संगठनप्रतिको समर्पणले आज पनि हजारौं युवालाई प्रेरित गरिरहेको वक्ताहरूले उल्लेख गरे।

वक्ताहरूले स्वर्गीय माधव कार्की केवल एक संगठनका नेता मात्र नभई सम्पूर्ण गोर्खा समाजका प्रेरणादायी व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले देखाएको मार्ग, आदर्श र मूल्यलाई आत्मसात् गर्दै संगठनलाई अझ सशक्त, अनुशासित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।

आग्सु उदालगुडी जिल्ला समितिले पनि स्वर्गीय माधव कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले संगठन र समाजप्रति पुर्‍याउनुभएको ऐतिहासिक योगदान सधैं सम्मानका साथ स्मरण गरिने विश्वास व्यक्त गरेको छ।

प्रतिवेदक: श्री किशोर सिर्पाली- मुल सचिव,उदालगुडी जिल्ला समिति।

📤 Share this story
Scroll to Top