All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #38
•
July 9, 2026

स्वर्गीय माधव कार्कीप्रति चिराङ जिल्लाका सुनगाभा र हिमाली आञ्चलिक समितिद्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण।

📅 July 9, 2026
✍️ AAGSU
🕒 12:06 AM

चिराङ, ६ जुलाई: अखिल असम गोर्खा छात्र संघ (आग्सु) बी.टि.आर. क्षेत्रीय समितिको निर्देशनअनुसार आग्सु बी.टि.आर. क्षेत्रीय समितिका प्रतिष्ठापक मूल सचिव तथा गोर्खा समुदायका प्रथम मनोनीत पार्षद स्वर्गीय माधव कार्की ज्यूको स्मृतिमा चिराङ जिल्ला अन्तर्गत सुनगाभा तथा हिमाली आञ्चलिक समितिहरूले भावपूर्ण श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन्।

उक्त कार्यक्रममा आग्सुका जिल्ला तथा आञ्चलिक पदाधिकारी, शाखा समितिका प्रतिनिधि, विद्यार्थी, समाजसेवी तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले स्वर्गीय माधव कार्कीको तस्वीरमा माल्यार्पण तथा पुष्पाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरी दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरूले स्वर्गीय माधव कार्कीले आग्सुको संगठन निर्माण, गोर्खा विद्यार्थी आन्दोलनको सुदृढीकरण, समाजको हक, अधिकार, भाषा, शिक्षा तथा पहिचानको संरक्षणमा पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च प्रशंसा गरे। उहाँको दूरदर्शी नेतृत्व, अनुशासित कार्यशैली, निष्ठा र संगठनप्रतिको समर्पण भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरियो।

वक्ताहरूले स्वर्गीय माधव कार्कीले देखाएको आदर्श, मूल्य र संगठनात्मक मार्गदर्शनलाई आत्मसात् गर्दै आग्सुलाई अझ सशक्त, गतिशील र जनउत्तरदायी संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा सम्पूर्ण सहभागीहरूले स्वर्गीय माधव कार्कीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको योगदान इतिहासमा सधैं सम्मानपूर्वक स्मरण गरिने विश्वास व्यक्त गरेका थिए।

प्रतिवेदक: नवीन थापा-सभापति,सुनगाभा आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top