
तीनसुकिया, २४ मे २०२६:आईतबार अखिल असम गोर्खा छात्र संघ तिराप जागुन आञ्चलिक समिति अन्तर्गत कथा सेमा शाखा समितिको विशेष अभिनन्दन अनुष्ठान सम्पन्न भव्य रुपमा सम्पन्न हुन्छ।
समाजमा शिक्षा, अनुशासन तथा प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने उक्त कार्यक्रमलाई विद्यार्थी तथा अभिभावकमाझ निकै महत्वका साथ हेरिएको छ।
कार्यक्रममा अखिल असम गोर्खा गोर्खा छात्र संघ कथा सेमा शाखा समितिकी सभाध्यक्ष बिनिता प्रधानले सभाको अध्यक्षता गर्नुहुनेछ। उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, विद्यार्थी, अभिभावक तथा शुभेच्छुक महानुभावहरूलाई स्वागत गर्दै विद्यार्थीहरूको शैक्षिक उन्नति तथा समाज निर्माणमा युवापुस्ताको भूमिकाबारे आफ्ना विचार व्यक्त गर्नुहुनेछ।
त्यसैगरी कार्यक्रमको मुख्य उद्देश्य तथा विशेष अभिनन्दन अनुष्ठान बारेमा मूल सचिव सेर प्रसाद शर्मा ज्यूले विस्तृत रूपमा जानकारी गराउनुहुनेछ। उहाँले शिक्षा क्षेत्रलाई अझ मजबुत बनाउन तथा विद्यार्थीहरूलाई उच्च मनोबल प्रदान गर्न यस्ता सम्मान तथा अभिनन्दन कार्यक्रमको आवश्यकता रहेको बताउनुहुने अपेक्षा गरिएको छ।
विशेष अभिनन्दन समारोहमा तिराप जागुन आञ्चलिक समितिका सभापति कृष्ण रिमाल मुख्य अतिथिको रूपमा सहभागी हुनुहुनेछ। उहाँले विद्यार्थीहरूलाई अनुशासन, परिश्रम र शिक्षाको माध्यमबाट समाज तथा राष्ट्र निर्माणमा अग्रसर हुन प्रेरणादायी मन्तव्य राख्नुहुने कार्यक्रम रहेको छ।
समारोहमा मूल सचिव राकेश शर्मा, सहसचिव सञ्जय प्रधान लगायत आञ्चलिक समितिका अन्य पदाधिकारीहरूको पनि गरिमामय उपस्थिति रहनेछ। त्यसैगरी विशिष्ठ अतिथिको रूपमा जिल्ला समितिबाट सभापति देब गुरुङ, उपसभापति गोपी छेत्री, स्वास्थ्य सचिव देवराज सुनार तथा मुखपत्र सचिव सञ्जय छेत्री लगायत विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।
जिल्ला समितिका सभापति देव गुरुङ ज्युले आफ्नो सम्बोधनमा विद्यार्थीहरू नै समाजका भविष्यका कर्णधार भएको उल्लेख गर्दै शिक्षा नै सफलताको मुख्य आधार भएको बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रमहरू निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त समारोहमा विभिन्न जाति तथा जनगोष्ठीका करिब पैँतिस जना छात्र–छात्राहरूलाई विशेष रूपमा अभिनन्दन गरिनेछ। अध्ययन, अनुशासन तथा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका विद्यार्थीहरूलाई सम्मान पत्र, खादा तथा अभिनन्दन सामग्री प्रदान गरिने कार्यक्रम तय गरिएको छ। आयोजक समितिका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, आत्मविश्वास तथा सकारात्मक सोचको विकास गराउने विश्वास लिइएको छ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, स्वागत मन्तव्य तथा प्रेरणादायी सम्बोधनहरू समेत समावेश गरिनेछ। विभिन्न विद्यालय तथा समुदायबाट सहभागी हुने विद्यार्थीहरूले कला, संस्कृति तथा प्रतिभा प्रस्तुत गर्ने अवसर पनि पाउनेछन्।
अखिल असम गोर्खा छात्र संघले यस्ता कार्यक्रमहरू मार्फत समाजमा शिक्षाप्रति जागरण ल्याउने, विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने तथा सबै जाति–जनगोष्ठीबीच आपसी एकता र सद्भाव कायम गर्ने उद्देश्य राखेको जनाएको छ।
कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण अभिभावक, विद्यार्थी, बुद्धिजीवी, समाजसेवी तथा शुभेच्छुक महानुभावहरूलाई उपस्थितिका लागि आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।
प्रतिवेदक: जतन प्रधान- सांगठनिक सचिव (IT Incharge) तिनसुकिया जिल्ला समिति।