All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #32
May 28, 2026

आग्सु हिमाली आञ्चलिक समितिको द्विवार्षिक अधिवेशन सम्पन्न, कृतिमान विद्यार्थीहरू सम्मानित

📅 May 28, 2026
✍️ AAGSU
🕒 12:06 AM

चिराङ, २४ मेः अखिल असम गोर्खा छात्र संघ (आग्सु) हिमाली आञ्चलिक समितिको १६ औँ द्विवार्षिक अधिवेशन तथा शैक्षिक जागरूकता एवं सम्मान समारोह–२०२६ मालिभिटा V.C.D.C. सामुदायिक भवन, चिराङमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा क्षेत्रभरिका विद्यार्थी, अभिभावक, समाजसेवी तथा आग्सु कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त अवसरमा सन् २०२६ को HS तथा HSLC अन्तिम परीक्षामा उत्कृष्ट सफलता हासिल गर्ने छात्र–छात्राहरूलाई खादा, प्रमाणपत्र तथा अभिनन्दन पत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको अथक मेहनत, संघर्ष र लगनशीलताले सम्पूर्ण गोर्खा समाजलाई गौरवान्वित बनाएको उल्लेख गर्दै शिक्षा नै समाज रूपान्तरणको सबैभन्दा बलियो माध्यम भएको धारणा व्यक्त गरे। सम्मानित विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च लक्ष्य हासिल गर्न प्रेरित गरिएको थियो।

कार्यक्रममा उपस्थित अभिभावक तथा बुद्धिजीवीहरूले यस्ता शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरेका थिए। आग्सुले सदैव विद्यार्थीहरूको शैक्षिक उन्नयन, सामाजिक चेतना तथा संगठनात्मक सशक्तीकरणका लागि निरन्तर कार्य गर्दै आएको पनि कार्यक्रममा उल्लेख गरियो।

सोही अवसरमा आग्सु हिमाली आञ्चलिक समितिको नयाँ कार्यसमिति पनि सर्वसम्मत रूपमा गठन गरिएको छ। नवनिर्वाचित समितिको प्रमुख सल्लाहकारमा ईश्वर दाहाल तथा सल्लाहकारमा हरि प्रसाद शर्मा चयन भएका छन्। त्यसैगरी सभापतिमा बासु अधिकारी, उप–सभापतिहरूमा मोहन निरौला, मनीषा अधिकारी तथा सुमन नेपाल, मूल सचिवमा शितल काफ्ले चयन भएका छन्।

नयाँ समितिका अन्य पदाधिकारीहरूमा सचिव रोशन छेत्री र सुशील सुवेदी, संगठनिक सचिव दिवाकर न्यौपाने, शिक्षा सचिव अशोक उपाध्याय, प्रचार सचिव पवन छेत्री, साहित्य सचिव निर्मला देवी, सूचना प्रविधि प्रमुख राजेश सुवेदी, कार्यालय सचिव जय शर्मा, खेल सचिव मनोज मैनाली, मुखपत्र सम्पादक उद्धव अधिकारी तथा स्वयंसेवक प्रमुख अर्पण छेत्री चयन भएका छन्। सदस्यहरूमा कृष्ण छेत्री, मनोज उपाध्याय तथा केशव छेत्री रहेका छन्।

नवनिर्वाचित समितिलाई कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। नयाँ नेतृत्वले संगठनको आदर्श, अनुशासन तथा गोर्खा समाजको हितलाई केन्द्रमा राखेर आगामी दुई वर्षसम्म जिम्मेवारीपूर्वक कार्य गर्दै संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो।

कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने अन्त्यमा “जय AAGSU” तथा “जय गोर्खा” को नारासहित कार्यक्रम समापन गरिएको थियो।

प्रतिवेदक: बासु अधिकारी- शिक्षा सचिव, हिमाली आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top