All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #57
•
November 19, 2026

दिवङ्गत नरबहादुर क्षेत्रीप्रति आग्सु उदालगुडी जिल्ला समितिद्वारा श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना।

📅 November 19, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, १५ नोभेम्बर: अखिल असम गोर्खा छात्र संघ (आग्सु), बिटिसी क्षेत्रीय समितिका वित्त सचिव मनिराज क्षेत्रीका पूजनीय पिता नरबहादुर क्षेत्रीको निधनप्रति आग्सु उदालगुडी जिल्ला समितिले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

दिवङ्गत नरबहादुर क्षेत्रीको पार्थिव बिदाइकाे समयमा शोकाकुल परिवारजनलाई भेटी समवेदना व्यक्त गर्ने उद्देश्यले आग्सु उदालगुडी जिल्ला समितिका सभापति विकाश शर्माको नेतृत्वमा संगठनका प्रतिनिधिहरूको एउटा टोली उहाँको निवासमा उपस्थित भएको थियो।

उक्त भेटघाटका क्रममा टोलीले दिवङ्गत नरबहादुर क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको निधनले परिवारमा परेको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्‍यो। साथै, शोकसन्तप्त परिवारका सदस्यहरूसँग भेट गरी यस कठिन घडीमा धैर्य र आत्मबल कायम राख्न आग्रह गर्दै संगठनको तर्फबाट हार्दिक समवेदना प्रकट गरिएको थियो।

आग्सु उदालगुडी जिल्ला समितिका सभापति विकाश शर्माले दुःख र सुख जीवनका अभिन्न पक्ष भएको उल्लेख गर्दै यस्ता पीडादायी क्षणमा एकअर्काको साथ र सहयोग नै सबैभन्दा ठूलो मानवीय संवेदना भएको धारणा व्यक्त गरे। संगठन आफ्ना सदस्य, पदाधिकारी तथा उनीहरूका परिवारको सुख-दुःखमा सदैव साथमा रहने प्रतिबद्धता पनि टोलीले व्यक्त गरेको थियो।

यस दुःखद घडीमा दिवङ्गत नरबहादुर क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त मनिराज क्षेत्री लगायत सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, दिवङ्गत आत्माले चिरशान्ति प्राप्त गरून् र परिवारका सम्पूर्ण सदस्यले यस अपूरणीय क्षतिलाई सहन गर्ने शक्ति प्राप्त गरून् भन्ने कामना आग्सु उदालगुडी जिल्ला समितिले गरेको छ।

प्रतिवेदक: श्री नारायण दाहाल, सह मुखपात्र सचिव, उदालगुडी जिला समिति

📤 Share this story
Scroll to Top