All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
Issue #28
April 30, 2026

अखिल असम गोर्खा छात्र संघको तारखुट्टी शाखामा नयाँ नेतृत्व: संगीत नेपाल सभापति र रोशन छेत्री मूल सचिवमा निर्वाचित

📅 April 30, 2026
✍️ AAGSU
🕒 12:07 AM

डिमाकुची 26 अप्रेल : अखिल असम गोर्खा छात्र संघ (आग्सु), डिमाकुची आञ्चलिक समिति अन्तर्गत तारखुट्टी शाखा गाउँ अञ्चलमा आज एक भव्य तथा उत्साहजनक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय समुदायको बाक्लो उपस्थितिमा आयोजित यस सभाले सांगठनिक सुदृढीकरण र आगामी कार्यदिशा तय गर्दै नयाँ कार्यसमिति चयन गरेको छ।
सभामा सांगठनिक विस्तार र गोर्खा समुदायका विद्यार्थीहरूको हक-हितका विषयमा व्यापक छलफल गरियो। यस महत्त्वपूर्ण बैठकले संगीत नेपाललाई सभापति र रोशन छेत्रीलाई मूल सचिवको जिम्मेवारी सुम्पिँदै तारखुट्टी शाखाको नयाँ कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित समितिमा अन्य दक्ष पदाधिकारीहरूलाई पनि सामेल गरिएको छ, जसले आगामी दिनमा संघको गरिमा र कार्यक्षमतालाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।
उक्त कार्यक्रममा डिमाकुची आञ्चलिक समितिका सभापति बिनोद लम्साल, मूल सचिव प्रकाश बुढाथोकी, उपसभापति शिव अधिकारी, र सांगठनिक सचिव धर्मानन्द फुऐलको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी, प्राक्तन उपसभापति इन्द्र खड्का, सदस्य कर्ण प्रधान, र तारखुट्टी शाखा गोर्खा सम्मेलनका सभापति बिष्णु शर्मा लगायत गाउँका गण्यमान्य व्यक्तित्वहरूले कार्यक्रममा सहभागी भई नयाँ समितिलाई मार्गदर्शन र शुभकामना प्रदान गर्नुभयो।
नवगठित यस सशक्त कार्यसमितिले क्षेत्रका गोर्खा छात्र-छात्राहरूको समस्या समाधान गर्न र सांगठनिक गतिविधिलाई तीव्रता दिन दृढ संकल्प गरेको छ। कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै एकता र सहकार्यको सन्देश प्रवाह गरिएको थियो।

प्रतिवेदक : प्रकाश बुढाथोकी मुल सचिव डिमाकुची आञ्चलिक समिति।

📤 Share this story
Scroll to Top