📰 AAGSU e-Bulletin
Issue #45
August 27, 2026

आग्सु उदालगुडी जिल्ला समितिको बर्धित कार्यकारिणी सभा सम्पन्न।

📅 August 27, 2026
✍️ AAGSU
🕒 12:05 AM

उदालगुडी, १३ अगस्त २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु), उदालगुडी जिल्ला समितिको बर्धित कार्यकारिणी सभा आज जिल्ला कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको सांगठनिक गतिविधि, आगामी प्रतिनिधि सभा तथा महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गर्दै सभा सम्पन्न भएको हो।

उक्त सभा आग्सु उदालगुडी जिल्ला समितिका भारप्राप्त सभापति किशोर काश्यपले अध्यक्षता गर्नुभएको थियो भने सभा सञ्चालन जिल्ला समितिका मूल सचिव किशोर सिर्पालीले गर्नुभएको थियो। सभामा आग्सुका कार्यनिर्वाहक सदस्य राम छेत्रीसहित उदालगुडी जिल्ला समितिअन्तर्गतका ११ वटा आञ्चलिक समितिका सभापति, मूल सचिव तथा अन्य सम्माननीय सदस्यहरूको उपस्थिति रहेको थियो।

सभामा संगठनको वर्तमान सांगठनिक अवस्था, आगामी कार्ययोजना तथा विभिन्न आञ्चलिक समितिका गतिविधिका विषयमा आवश्यक छलफल गरिएको थियो। संगठनलाई थप सुदृढ, सक्रिय र व्यवस्थित बनाउँदै विद्यार्थी तथा समाजको हितमा प्रभावकारी रूपमा कार्य गर्ने विषयमा पनि सहभागीहरूले आ-आफ्ना धारणा प्रस्तुत गरेका थिए।

बर्धित कार्यकारिणी सभाले विभिन्न विषयमा छलफल गरी सर्वसम्मत रूपमा महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। सोही क्रममा अखिल असम गोर्खा छात्र संघ, उदालगुडी जिल्ला समितिको ४३औँ प्रतिनिधि सभा आगामी २० सेप्टेम्बर २०२६ मा हरिसिङ्गामा आयोजना गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ।

प्रतिनिधि सभालाई भव्य तथा व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाउने तथा जिल्ला समिति अन्तर्गतका सम्पूर्ण आञ्चलिक समितिहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ।

सभाको अन्त्यमा संगठनको आगामी कार्यदिशालाई प्रभावकारी बनाउँदै एकता, अनुशासन र सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रतिवेदक: श्री तिलक गौतम, प्रचार सचिव, आग्सु, उदालगुडी जिला समिति।

📤 Share this story
Scroll to Top