All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #50
•
October 1, 2026

हिमगिरी शाखा समिति पुनर्गठन तथा शपथ ग्रहण सम्पन्न

📅 October 1, 2026
✍️ AAGSU
🕒 12:07 AM

हिमाली (बाक्सा), २८ सेप्टेम्बर २०२६: अखिल असम गोर्खा छात्र संघ (आग्सु) हिमाली आञ्चलिक समिति अन्तर्गत हिमगिरी शाखा समितिको पुनर्गठन तथा शपथ ग्रहण कार्यक्रम डारागाउँ गाउँ उन्नयन समितिको कार्यालय भवनमा सम्पन्न भएको छ। कार्यक्रममा यसअघि रहेको शाखा समिति विघटन गरी नयाँ समिति गठन गरिएको हो।

हिमाली आञ्चलिक समितिका कार्यवाहक सभापति श्री अशोक निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बाक्सा जिल्ला समिति आग्सुका प्राक्तन उपसभापति श्री टिकाराम आचार्य, वर्तमान उपसभापति श्री दीपक कुमार फुयैल, मुखपत्र सचिव श्री पृथु पराजुली तथा हिमाली आञ्चलिक समितिका उपसभापति श्री सागर शर्मा, मूल–सचिव श्री अजय विश्वकर्मा, प्रचार सचिव श्री आकाश गुरागाईं लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

दुर्गापुर र डाडागाउँ क्षेत्रलाई समेटेर पुनर्गठित हिमगिरी शाखा समितिको सभापतिमा श्री कुशल गुरुङ तथा मूल–सचिवमा श्री नवजीत सोनारी चयन भएका छन्। उनीहरूसहित अन्य पदाधिकारीहरूको चयनसँगै शाखा समितिलाई थप सक्रिय र सुदृढ बनाउने उद्देश्यले नयाँ कार्यसमिति गठन गरिएको हो।

कार्यक्रमकै अवसरमा नवगठित शाखा समितिका पदाधिकारीहरूले शपथ ग्रहणसमेत गरेका थिए। शपथ ग्रहणपछि नवगठित समितिले आगामी दिनमा संगठनलाई अझ सुदृढ बनाउँदै विद्यार्थी तथा गोर्खा समुदायको हितमा सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिवेदक : पवन सोनारी-सुचना एवं प्रविधि सचिव बाक्सा जिल्ला समिति

📤 Share this story
Scroll to Top