
अखिल असम गोर्खा छात्र संघ, बान्दरगुरी आञ्चलिक समितिको कार्यकारिणी सभा अंग्रेजी मिति 25-09-26 का दिन आञ्चलिक कार्यालयमा कार्यकारिणी सभा सम्पन्न हुन्छ। सभाको सभापतित्व आञ्चलिक समितिका सभापति किरण अधिकारी ज्यूले गर्नुभएको थियो भने सभाको उद्देश्य तथा आञ्चलिक समितिका मूलसचिव सागर छेत्री ज्यूले गर्नु भएको थियो।
सभामा संगठनको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न छलफल गर्दै युवराज न्यौपानेज्यूलाई आञ्चलिक समितिको उपसभापति पदमा मनोनयन गर्ने, आञ्चलिक समिति अन्तर्गतका विभिन्न शाखा समितिहरू गठन गर्ने कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित पदाधिकारी तथा नेतृत्वहरूलाई आवश्यक जिम्मेवारी प्रदान गर्ने, साथै आञ्चलिक कार्यालयलाई व्यवस्थित, स्वच्छ तथा आकर्षक बनाउन कार्यकर्ताहरूको श्रमदानमार्फत कार्यालयमा रङ लगाउने तथा कार्यालय परिसर सरसफाइ गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू पारित गरियो।
अन्त्यमा उपस्थित सम्पूर्ण पदाधिकारी तथा कार्यकारिणी सदस्यहरूले संगठनको हितमा एकताबद्ध भई आगामी दिनमा संगठनात्मक गतिविधिलाई थप सशक्त र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सभा सम्पन्न भयो।
प्रतिवेदन:- कालिदास छेत्री शिक्षा सचिव, बान्दरगुरी आञ्चलिक समिति, उदालगुरी