All Assam Gorkha Students' Union

All Assam Gorkha Students’ Union

” Unity | Education | Empowerment ” 

📰 AAGSU e-Bulletin
•
Issue #55
•
November 5, 2026

नगाउँ नेपाली मन्दिरमा गोर्खा विद्यार्थीहरूको महत्त्वपूर्ण बैठक सम्पन्न, ‘गोर्खा फ्रेशर्स’ कार्यक्रमलाई भव्य बनाउने तयारी

📅 November 5, 2026
✍️ AAGSU
🕒 12:05 AM

नगाउँ, ४ नोभेम्बर २०२६: आज अखिल असम गोर्खा छात्र संघ (आग्सु), नगाउँ जिल्ला समितिको एक टोली नगाउँ नेपाली मन्दिरमा उपस्थित भई नगाउँ सदर क्षेत्रका सम्पूर्ण गोर्खा विद्यार्थीहरूसँग एक महत्त्वपूर्ण बैठक सम्पन्न गरेको छ।

बैठकमा आग्सु नगाउँ जिल्ला समितिका सभापति रोहित शर्मा, महासचिव रोशन बराल, सम्माननीय सल्लाहकार लेखनाथ शर्मा, मुखपत्र सचिव पंकज निरौला तथा आग्सु कलियाबर महाविद्यालय एकाइका सभापति सञ्जीव विश्वकर्माको उपस्थिति रहेको थियो।

बैठकमा नगाउँ सहरमा आयोजना हुन गइरहेको ‘गोर्खा फ्रेशर्स’ रमाइलो भेटघाट कार्यक्रमका सम्बन्धमा विस्तृत छलफल गर्नुका साथै कार्यक्रमलाई भव्य, व्यवस्थित र सफलतापूर्वक सम्पन्न गर्न आवश्यक विभिन्न विषयहरूमा विचार–विमर्श गरिएको थियो।

यस कार्यक्रमको मुख्य उद्देश्य नगाउँ सदर क्षेत्रका सम्पूर्ण गोर्खा विद्यार्थीहरूलाई एउटै साझा मञ्चमा एकत्रित गर्दै उनीहरूबीच आपसी एकता, भाइचारा, आत्मीयता तथा सामाजिक सद्भावलाई अझ सुदृढ बनाउनु रहेको छ। साथै, गोर्खा विद्यार्थीहरूबीच पारस्परिक सम्बन्ध विस्तार गर्दै सामूहिक सहभागिता र सांगठनिक चेतनाको विकासमा समेत यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिवेदक : अर्पण कौशिक-सूचना एवं प्रविधि सचिव, नगाउँ जिल्ला समिति

📤 Share this story
Scroll to Top