
लंका, २५ जुन : लंका महाविद्यालय आग्सु (AAGSU) इकाई द्वारा आज मिति २५ जुन २०२६ का दिन “जमर्को (Jamarko)” नामक तेस्रो भित्ते पत्रिका को सफलतापूर्वक उद्घाटन गरियो।
यस पटकको भित्ते पत्रिकाको मुख्य विषयवस्तु “गोर्खा स्वतन्त्रता सेनानीहरू” रहेको थियो, जसको माध्यमबाट राष्ट्रको स्वतन्त्रता, स्वाभिमान र गौरवका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने वीर गोर्खा योद्धाहरूलाई श्रद्धाञ्जली तथा सम्मान अर्पण गरिएको थियो।
उद्घाटन समारोहमा महाविद्यालयका आदरणीय प्राचार्य डा. फाटिक तामुली सर, उपप्राचार्य अमल भौमिक सर, नेपाली विभागकी विभागाध्यक्ष सविता पाठक म्याम, राजनीतिशास्त्र विभागका विभागाध्यक्ष गोजेन दैमारी सर, बङ्गाली विभागकी विभागाध्यक्ष नाहिम शर्मा म्याम, साथै असमिया, अङ्ग्रेजी, शिक्षा तथा वाणिज्य विभागका आदरणीय प्राध्यापकहरू एवं महाविद्यालयका अन्य सम्माननीय शिक्षक–शिक्षिकाहरूको गरिमामय उपस्थिति रहेको थियो।
अखिल असम गोर्खा विद्यार्थी सङ्घ (AAGSU) को तर्फबाट लङ्का महाविद्यालय आग्सु इकाईका प्रमुख सल्लाहकार रोशन शर्मा ज्यू तथा महाविद्यालयका गोर्खा विद्यार्थीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहमा उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरूको प्रेरणा, शुभकामना र उत्साहजनक सहभागिताले कार्यक्रमलाई अत्यन्त सफल र स्मरणीय बनायो। यस अवसरमा हामी सम्पूर्ण अतिथि, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ। उहाँहरूको निरन्तर सहयोग र प्रेरणाले हामीलाई “जाँगरको” भित्ते पत्रिकामार्फत सिर्जनशीलता, ज्ञान, देशभक्ति तथा गोर्खा समुदायको गौरवशाली इतिहासलाई अझ प्रभावकारी रूपमा उजागर गर्न प्रेरित गरेको छ।
प्रतिवेदन- बिनीता कार्की, सभानेत्री, लंका महाविद्यालय एकाइ