
जिरिकिन्देङ, १७ अक्टोबर २०२६: पश्चिम कार्बी आङ्लोङ जिल्लाको जिरिकिन्देङस्थित चार्चिम–प्रिसेकमा ब्ल्याक डे (Black Day) को अवसरमा ४१ जना कार्बी शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पहाडी जनजातिहरूबीच एकता, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा अखिल असम गोर्खा छात्र संघ पश्चिम कार्बी आङ्लोङ जिल्ला समिति तथा आम्रेङ–कपिली आञ्चलिक समितिका पदाधिकारीहरूले सहभागिता जनाए।
१७ अक्टोबर २०२६ मा सम्पन्न उक्त कार्यक्रममा आफ्नो अमूल्य जीवन बलिदान गर्ने ४१ जना कार्बी शहीदहरूको त्याग, साहस र योगदानको स्मरण गर्दै उहाँहरूप्रति उच्च सम्मान व्यक्त गरियो। शहीदहरूको बलिदानबाट प्रेरणा लिँदै समाजमा शान्ति, भाइचारा र आपसी सद्भाव कायम राख्नुपर्ने आवश्यकतामाथि जोड दिइयो।
कार्यक्रमका अवसरमा “CHARCHIM-PRISEK: Unification and Reconciliation of Hills Tribes” नामक पुस्तकसमेत प्रदान गरियो। उक्त पुस्तकले पहाडी जनजातिहरूबीच एकता, मेलमिलाप, पारस्परिक समझदारी र शान्तिपूर्ण सहअस्तित्वको महत्त्वलाई उजागर गर्दछ। विविध जाति, भाषा, संस्कृति र परम्पराले समृद्ध पहाडी समाजमा आपसी सम्मान तथा सहकार्यलाई सुदृढ बनाउनु आवश्यक रहेको सन्देश यस अवसरमा व्यक्त गरियो।
कार्यक्रममा AAGSU जिल्ला समितिका सभापति गोपाल भट्टराई, उप-सभापति कुलराज शर्मा, आम्रेङ–कपिली आञ्चलिक समितिका सल्लाहकार चन्द्रप्रसाद शर्मा, विकास उपाध्याय, आञ्चलिक समितिका उप-सभापति इन्द्र खड्का, मूल सचिव सन्तोष कार्की, सांगठनिक सचिव मेगराज थापा, शिक्षा सचिव सूर्य बस्नेत, जितेन थापा, प्रचार सचिव राहुल क्षेत्री तथा RTU Unit का सल्लाहकार साजन कार्की लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमले शहीदहरूको बलिदानलाई स्मरण गर्दै विभिन्न पहाडी जनजातिहरूबीच आपसी विश्वास, सहिष्णुता र एकताको भावना सुदृढ बनाउनुपर्ने सन्देश दिएको छ। साथै, जातीय तथा सांस्कृतिक विविधताको सम्मान गर्दै साझा हित र सामाजिक विकासका लागि सबै समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको कुरामा जोड दिएको छ।
शहीदहरूको त्याग र बलिदानलाई सम्मान गर्दै शान्तिपूर्ण, एकताबद्ध र समृद्ध समाज निर्माण गर्नु नै उहाँहरूप्रति सच्चा श्रद्धाञ्जली हुने सहभागीहरूले बताएका छन्।
प्रतिवेदक : चन्द्रप्रसाद शर्मा-सल्लाहकार, आम्रेङ–कपिली आञ्चलिक समिति।